नेपालको गौरव : खेलकुदमा सेना {Pride of Nepal: Army in Sports}
Author(s) -
नारायण प्रसाद न्यौपाने
Publication year - 2022
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v3i01.43339
Subject(s) - pride , political science , advertising , business , law
खेलकुद आधुनिक समाजको अभिन्न अङ्ग हो। व्यक्ति, समाज र समुदायलाई अनुशासित र स्वस्थ्य बनाउन मद्दत गर्ने खेलकुदको विकासलाई अहिले देश विकासकै प्रमाणका रूपमा हेरिन्छ। पछिल्लो समयमा नेपाली खेलकुदका थुप्रै विधामा अग्रपङ्क्तिमा रहेर देशको गौरव बनेको नेपाली सेनाले यो अवस्थामा आइपुग्न थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको छ । समस्या कथन: नेपालको खेलकुद विकासमा सेनाको योगदान कस्तो छ र कसरी ऊ यो अवस्थामा पुग्यो भन्ने मूल प्रश्नको खोजीमा यो अनुसन्धान केन्द्रित छ । उद्देश्य: नेपालको खेलकुदमा सेनाको सहभागिता र यसको विकासमा उसले पुर्याएको योगदानको अन्वेषण गर्नु यस शोधको उद्देश्य हो । अनुसन्धान विधि: यसमा मूलत: गुणात्मक अनुसन्धान विधिको अनुसरण गरिएको छ । उपलब्ध प्रकाशित वा अप्रकाशित कृतिबाट प्राप्त माध्यमिक तथ्य वा आंकडाको विश्लेषण यो शोधको निष्कर्शका आधार हो । अनुसन्धान सीमा: यस अध्ययनले नेपालको खेलकुद र सेनाको सहभागिताको इतिहासलाई प्रस्तुत गरेको छ । कुनै खेलविशेषको इतिहासलाई यसले सम्बोधन गर्दैन । व्याख्या र विश्लेषण: वि सं २००७ अघि केही घरानिया सौखिन युवाहरूको प्रयास, सोख र रहरमा सीमित नेपालको खेलकुदले त्यसको लगत्तैपछि बामे सर्न सुरु गरे पनि २०१५ सालपछि भने खुट्टा चलाउन सुरु गरेको हो। औपचारिक नीति, नियम, प्रशिक्षण र प्रयासहरू झाङ्गिदै जाँदा नेपाली सेनाले देशको यस प्रयासमा आफ्नोतर्फबाट योगदान गर्न सुरु गर्यो । आफ्नै छुट्टै खेल मैदान निर्माण, देशका प्रख्यात र युवा खेलाडीहरूलाई अनुबन्ध, आफ्ना खेलाडीलाई विभिन्न खेल विधामा ख्याति प्राप्त प्रशिक्षकमार्फत नियमित अभ्यासका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सेनाको यस प्रयासका प्रामाणिक उदाहरण हुन् । सेनाको त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघको क्लब लाइसेन्स पाउन सफल हुनु नेपालको फुटबलमा एउटा महत्वपूर्ण उपलब्धि हो । सेनाले देशभरका प्रतिभावान खेलाडीको पहिचान गरी तिनको प्रतिभा निखारेर देशले गौरव गर्ने जनशक्ति निर्माणमा योगदान गर्न सक्छ । अनुसन्धानको गठन: प्रारम्भमा अनुसन्धानको विषयको पृष्ठभूमि, उद्देश्य, समस्याकथन र अनुसन्धान विधि सहितको संक्षिप्त परिचय र तत्पश्चात उपलब्ध सान्दर्भिक कृतिहरुका उद्धरण रहेको यस अनुसन्धान प्रतिवेदनको तेस्रो खण्डमा प्राप्त तथ्यहरुको विश्लेषण गरिएको छ । यस खण्डको प्रारम्भमा नेपालमा खेलकुदको विकासको इतिहास र खेलकुदको सस्थागत विकासदको चर्चा गरिएको छ भने त्यसपछिका भागहरुमा खेलकुद विकासमा नेपाली सेनाको सहभागिता र योगदानबारे विस्तारमा व्याख्या र विश्लेषण गरिएको छ । अन्त्यमा, चौथो खण्डमा अनुसन्धानबाट प्राप्त निष्कर्षलाईसंक्षेपमा प्रस्तुत गरिएको छ ।
Accelerating Research
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom
Address
John Eccles HouseRobert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom