z-logo
open-access-imgOpen Access
राष्ट्रियता र सामरिक महत्व: एक अन्तरघोलित सम्बन्ध (Nationality and strategic importance: an interconnected relationship)
Author(s) -
विष्णु प्रसाद पाण्डे
Publication year - 2022
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v3i01.43337
Subject(s) - nationality , business , political science , law , immigration
राष्ट्रको इतिहाससँग राष्ट्रियताको मर्म र भावना गाँसिएको हुन्छ भने राष्ट्रियताभित्र मानिसको इतिहासले निर्माण गरेको आत्मसम्मानसमेत जोडिएको हुन्छ । नागरिकको आत्मसम्मान र स्वाभिमानका साथ राष्ट्रको जन्म, विकास र अन्त्यसमेत हुने गर्दछ । राष्ट्रियता त्यस देशका नागरिकहरूको गौरवपूर्ण इतिहासको प्रतीक पनि हो । इतिहासका कुनै पनि कालखण्डमा पराधीन बन्न नपरेको हाम्रो स्वतन्त्र अस्तित्व नै हाम्रो राष्ट्रियता हो । राज्य एकीकरणको समयदेखि नै दुई ढुङ्गाबिचको तरुलको रूपमा रहेको मान्यता र सोचमा आज परिवर्तन आएको छ । उदयोन्मुख शक्ति राष्ट्रहरू भारत र चीनबिच भूराजनीतिक र सामरिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण अवस्थितिका कारण नेपालमा केवल भारत र चीनसँग मात्र होइन, महाशक्ति राष्ट्र अमेरिकाको पनि सघन कूटनीतिक चासो र बहुआयामिक सामरिक स्वार्थ निरन्तर बढ्दै गइरहेको छ । अब नेपाल दुई ढुङ्गाबिचको तरुल होइन, एसियाका उदयीमान दुई विशाल महाशक्ति र अमेरिका र अन्य मुलुकहरूको बिच स्वाधीनता, शान्ति र समृद्धि नामक शक्ति सन्तुलनको पुल बन्न जरुरीे छ । यस पछाडिको कारण भनेको नेपालको राष्ट्रियता र सामरिक महत्त्वका स्थल र सामाग्रीहरू नै हुन् । हाम्रो शान र सौगतले भरिएको गौरवपूर्ण इतिहास अर्थात सामरिक महत्त्वका सम्पदाको संरक्षण, सम्वद्र्धन र विकास गर्दै राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्नु आजको चुनौतीको विषय हो । यस आलेखमा द्वितीय स्रोतको माध्यमबाट परिवर्तित राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्दर्भमा उत्पन्न चुनौती र आवश्यकतालाई उच्च प्राथमिकतामा राखी राष्ट्रिय एकता र स्वाभिमानलाई नेपाली सेनाले कसरी अक्षुण्ण राख्न सक्दछ; भूमिकाको खोजी गरी राष्ट्रियता र सामरिक महत्त्वको अन्तरघोलित सम्बन्ध दर्शाउन खोजिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom