
राष्ट्रियता र सामरिक महत्व: एक अन्तरघोलित सम्बन्ध (Nationality and strategic importance: an interconnected relationship)
Author(s) -
विष्णु प्रसाद पाण्डे
Publication year - 2022
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v3i01.43337
Subject(s) - nationality , business , political science , law , immigration
राष्ट्रको इतिहाससँग राष्ट्रियताको मर्म र भावना गाँसिएको हुन्छ भने राष्ट्रियताभित्र मानिसको इतिहासले निर्माण गरेको आत्मसम्मानसमेत जोडिएको हुन्छ । नागरिकको आत्मसम्मान र स्वाभिमानका साथ राष्ट्रको जन्म, विकास र अन्त्यसमेत हुने गर्दछ । राष्ट्रियता त्यस देशका नागरिकहरूको गौरवपूर्ण इतिहासको प्रतीक पनि हो । इतिहासका कुनै पनि कालखण्डमा पराधीन बन्न नपरेको हाम्रो स्वतन्त्र अस्तित्व नै हाम्रो राष्ट्रियता हो । राज्य एकीकरणको समयदेखि नै दुई ढुङ्गाबिचको तरुलको रूपमा रहेको मान्यता र सोचमा आज परिवर्तन आएको छ । उदयोन्मुख शक्ति राष्ट्रहरू भारत र चीनबिच भूराजनीतिक र सामरिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण अवस्थितिका कारण नेपालमा केवल भारत र चीनसँग मात्र होइन, महाशक्ति राष्ट्र अमेरिकाको पनि सघन कूटनीतिक चासो र बहुआयामिक सामरिक स्वार्थ निरन्तर बढ्दै गइरहेको छ । अब नेपाल दुई ढुङ्गाबिचको तरुल होइन, एसियाका उदयीमान दुई विशाल महाशक्ति र अमेरिका र अन्य मुलुकहरूको बिच स्वाधीनता, शान्ति र समृद्धि नामक शक्ति सन्तुलनको पुल बन्न जरुरीे छ । यस पछाडिको कारण भनेको नेपालको राष्ट्रियता र सामरिक महत्त्वका स्थल र सामाग्रीहरू नै हुन् । हाम्रो शान र सौगतले भरिएको गौरवपूर्ण इतिहास अर्थात सामरिक महत्त्वका सम्पदाको संरक्षण, सम्वद्र्धन र विकास गर्दै राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्नु आजको चुनौतीको विषय हो । यस आलेखमा द्वितीय स्रोतको माध्यमबाट परिवर्तित राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्दर्भमा उत्पन्न चुनौती र आवश्यकतालाई उच्च प्राथमिकतामा राखी राष्ट्रिय एकता र स्वाभिमानलाई नेपाली सेनाले कसरी अक्षुण्ण राख्न सक्दछ; भूमिकाको खोजी गरी राष्ट्रियता र सामरिक महत्त्वको अन्तरघोलित सम्बन्ध दर्शाउन खोजिएको छ ।