z-logo
open-access-imgOpen Access
नेपाली नदी प्रणाली तथा गढी, किल्ला : एक सामरिक महत्व (Nepali river system and fortress, fort: a strategic importance)
Author(s) -
दिब्या श्री Dibya Shree थापा Thapa
Publication year - 2022
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v3i01.43336
Subject(s) - fortress (chess) , nepali , geography , history , ancient history , art , literature
प्रस्तुत आलेख ‘नेपाली नदी प्रणाली तथा गढी, किल्ला: एक सामरिक महत्त्व’ शीर्षकमा केन्द्रित रही प्रकाश पार्नु यसको उद्देश्य हो । यो लेखको विश्लेषणको मूल आधार वर्णनात्मक र तुलनात्मक पद्धति हो । यो लेखलाई पुरा गर्ने अन्य थप आधारहरु गुणात्मक, विवरणात्मक तथा विश्लेषणात्मक र अवलोकनात्मक विधि हुन् । राष्ट्रिय हित प्रबर्धनमा केन्द्रित रहनु यो लेखको दृष्टिगत मूल्य रहेको छ । भूपरिवेष्ठित राष्ट्र नेपाल समुद्रबाट वञ्चित भएपनि नदी नालाहरुको प्रचुरतायुक्त भूराजनीतिक स्वरुपमा अवस्थित सामरिक गढी, किल्लाहरु परस्परमा अन्र्तनीहित रही राष्ट्रिय सुरक्षा, स्वतन्त्रताका लागि महत्त्वपूर्ण योगदान दिंदैआएका छन् । चिनियां छिङ्हाइ–तिब्बती पठार वरपरको हिमालयन ग्लेसियर, कुनलुन हिमालय क्षेत्र तथा मानसरोवर वरपरको जलभण्डारले विश्व जनसंख्याको करीब ४० प्रतिशत शुद्ध पिउने पानी उपलब्ध गराउंदै आएको छ । त्यसैको दक्षिणमा अवस्थित हिमाली, पहाडी जलपकड क्षेत्रबाट उद्गमित ६ हजारभन्दा बढी नदीनालाहरु, करीब १५० भन्दाबढी मुख्य गढी किल्लाहरुले नेपालका लागि आन्तरिक तथा बाह्य शक्तिविरुद्ध सामरिक प्रतिरक्षा गर्दैआएका छन् । यसरी गढी, किल्लाहरुको महत्त्वसंगै तुलनात्मक रुपमा जलपकड क्षेत्रले राष्ट्रिय सुरक्षा प्रबर्धनमा थप सहयोग पुर्याउंदै आएको तथ्य तथ्यांकहरुमाथि ध्यानाकर्षण भएको छ । अत: नदीप्रणाली तथा गढी किल्लाहरुको एकीकृत संरचनाले देशको भौगोलिक, सामरिक, प्रशासनिक सीमाङ्कनको स्वरुप निर्धारण गरी राष्ट्रिय हित संरक्षण गर्दै आएको छ । यसरी तुलनात्मक, आगनात्मक एवम् निगनात्मक विधिको सम्मिश्रणबाट प्राप्त विश्लेषणात्मक सार अनुसार नेपाल सरहद्भित्रका नदीप्रणाली र तिनका मुहानहरु तथा जलपकड क्षेत्रको प्रतिरक्षार्थ नेपाली गढी, किल्लाहरुसंगै नजिक नजिकका दूरीमा अत्याधुनिक सुविधासम्पन्न वैज्ञानिक वंकर्स् संरचनाहरु निर्माण गर्न आवश्यक रहेको यस आलेखको निष्कर्ष छ । यसले नेपाली सेनाको ‘३+१’ अवधारणाको रणनीतिक उद्देश्यलाई सफल बनाउन थप सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom