z-logo
open-access-imgOpen Access
विश्वव्यापीकरण र राष्ट्रिय सुरक्षाका चुनौतीहरू
Author(s) -
विष्णु प्रसाद आचार्य
Publication year - 2021
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v2i0.38848
Subject(s) - computer science
विश्वव्यापीकरणले वस्तु, सेवा, पुँजी, प्रविधि, सूचना, सीमा विहीन स्वतन्त्रता तथा सुरक्षालाई समेत अन्तर्राष्ट्रियकरण गरेको छ । परम्परागत राज्य केन्द्रित सुरक्षाबाट मानवीय सुरक्षा केन्द्रित अवधारणामा यसको रूपान्तरण भएको छ । विश्वव्यापीकरण सँगै अन्तर्सम्बन्धित सूचना–प्रविधि, आर्थिक खुलापन, सङ्गठित अपराध, सम्पत्ति–शुद्धीकरण, आतङ्कवादी गतिविधि, श्रम–आप्रवासन, बढ्दो व्यापार–घाटा, साइबर–आतङ्क, जलवायु परिवर्तन र वातावरणीय असन्तुलन, मानव सिर्जित विपद जस्ता विभिन्न कारणले कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको छ । यस्ता चुनौतीले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरूको राष्ट्रिय क्षमतामा ह्रास आएको छ । यस्तै इन्डोप्यासिफिक रणनीति र बेल्टएण्ड रोड इनिसिएटिभ जस्ता सामरिक एवं सञ्जालीकृत विषयहरूमा सन्तुलित कूटनीति अँगाल्नु हाम्रो जस्ता राष्ट्रका नवीन सुरक्षा चुनौतीहरू हुन् । आन्तरिक राजनीतिमा बाह्य शक्ति राष्ट्र र सङ्गठनको दबाबले पनि सार्वभौमसत्तामा नकारात्मक प्रभाव परिरहेको देखिन्छ । अत: मुलुकका सुरक्षा अङ्गहरूको थप सक्षमता र मानवीय सुरक्षाका आयामलाई प्राथमिकता दिँदै राष्ट्रिय हितका आधारमा विदेश नीतिको सञ्चालनले उल्लिखित चुनौती समाधान गर्न सकिन्छ । प्रस्तुत अध्ययनका क्रममा विश्वव्यापीकरण र राष्ट्रिय सुरक्षाको अवस्था/स्वरूप के छ ? यसमा देखापरेका चुनौतीहरू के के हुन् ? जस्ता प्रश्नहरूमा केन्द्रित हुँदै विश्वव्यापीकरण तथा राष्ट्रिय सुरक्षाको विद्यमान अवस्था/स्वरूप माथि प्रकाश पार्नु र यसका समाधानका उपायहरूको निरूपण गर्नु जस्ता विषयलाई यस इरोध लेखमा मुख्य उदेश्य बनाइएको छ । अध्ययनलाई पूर्णता दिन र सामग्रीहरूको सङ्कलन गर्न प्राथमिक तथा द्वितीयको स्रोत–सामग्रीहरूको उपयोग गर्दै प्राप्त सामग्रीहरूलाई बर्णनात्मक, विश्लेषणात्मक शोधविधिका केन्द्रीयतामा चर्चा गरिएको छ । अत:विद्यमान विश्वव्यापीकरणका  पृष्ठभूमिमा मुलुकको राष्ट्रिय सुरक्षा र यसमाथि देखिएका चुनौतीहरू के के हुन् ? त्यसको समाधानका निम्ति प्रस्तुत अध्ययनले एउटा कोसेढुङ्गाकै रूपमा ठोस उपलब्धि प्रदान गर्ने छ भन्ने सन्दर्भमा स्पष्ट हुन सकिन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom