z-logo
open-access-imgOpen Access
नेपालको राष्ट्रिय विकासका लागि सुरक्षा व्यवस्थापन Nepalko Rastriya Bikaska lagi Surakshya Byabasthapan
Author(s) -
भविश्वर Bhawishwar घिमिरे Ghimire
Publication year - 2020
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v1i0.36077
Subject(s) - art , humanities
समृद्धिको पूर्वसर्त विकास र विकासको आधार सुरक्षा हो । विकासको अपेक्षाकृत सफलता प्रभावकारी सुरक्षा व्यवस्थाबाट मात्र सुनिश्चित हुन्छ । सुरक्षा र विकासमा एकअर्काको अन्तरनिर्भरताले मात्र राष्ट्रिय लक्ष्य प्राप्ति गर्न सकिन्छ । विकासमा सुरक्षाको योगदानलाई दुइवटा आधारबाट हेर्न सकिन्छ≤ पहिलो, विकासका हरेक चरणमा सुरक्षा संयन्त्रको अपेक्षाकृत व्यवस्थापन र दोस्रोमा, सुरक्षा संयन्त्रको नेतृत्व, व्यवस्थापन र अगुवाइमा गरिने विकास । विकासमा सुरक्षाको पूर्ण प्रत्याभूतिले स्वदेशी तथा वैदेशिक लगानीलाई विकासमा आकर्षण र सञ्चालनमा सहजता प्रदान गर्दछ । सुरक्षा संयन्त्रलाई राष्ट्रिय विकास प्रणालीमा आवद्ध गर्न सकेमा पूर्वाधार, ऊर्जा, सडक यातायात, पुनर्निर्माण, सीपजस्ता क्षेत्रमा दिगो र गुणस्तरीय विकासको प्रचुर सम्भावना देखिन्छ । संविधान, क्षेत्रगत कानुनहरु, पन्ध्रौं योजना, वजेट, राष्ट्रिय नीति तथा कार्यक्रमहरुले राष्ट्रिय सुरक्षालाई विकाससँग अन्तरआवद्ध गरेमा मात्र विकासले सार्थक र अपेक्षित लक्ष्य प्राप्त गर्न सक्ने कुरालाई जोड दिएको देखिन्छ । नेपालले वि. सं. २१०० सम्म प्राप्त गर्ने गरी राखेको समृद्ध नेपाल निर्माणको दीर्घकालीन सोंचको सहज प्राप्तिका लागि राष्ट्रिय सुरक्षा र विकासलाई एक रथका दुई पांग्राका रुपमा लिने गरी नीति तथा कार्यक्रमको अवलम्वन गर्नुपर्ने हुन्छ । सुरक्षा नभएको विकास र विकास नभएको सुरक्षाले मुलुक निर्माण र नागरिक अपेक्षा पूरा गर्न कुनै अर्थ नराख्ने हु“दा दुवै क्षेत्रको तादात्म्यताले मात्र राष्ट्रिय सोंच र लक्ष्य प्राप्ति सहज हुने देखिन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom