z-logo
open-access-imgOpen Access
नेपालको राष्ट्रिय विकासका लागि सुरक्षा व्यवस्थापन Nepalko Rastriya Bikaska lagi Surakshya Byabasthapan
Author(s) -
भविश्वर Bhawishwar घिमिरे Ghimire
Publication year - 2020
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v1i0.36077
Subject(s) - art , humanities
समृद्धिको पूर्वसर्त विकास र विकासको आधार सुरक्षा हो । विकासको अपेक्षाकृत सफलता प्रभावकारी सुरक्षा व्यवस्थाबाट मात्र सुनिश्चित हुन्छ । सुरक्षा र विकासमा एकअर्काको अन्तरनिर्भरताले मात्र राष्ट्रिय लक्ष्य प्राप्ति गर्न सकिन्छ । विकासमा सुरक्षाको योगदानलाई दुइवटा आधारबाट हेर्न सकिन्छ≤ पहिलो, विकासका हरेक चरणमा सुरक्षा संयन्त्रको अपेक्षाकृत व्यवस्थापन र दोस्रोमा, सुरक्षा संयन्त्रको नेतृत्व, व्यवस्थापन र अगुवाइमा गरिने विकास । विकासमा सुरक्षाको पूर्ण प्रत्याभूतिले स्वदेशी तथा वैदेशिक लगानीलाई विकासमा आकर्षण र सञ्चालनमा सहजता प्रदान गर्दछ । सुरक्षा संयन्त्रलाई राष्ट्रिय विकास प्रणालीमा आवद्ध गर्न सकेमा पूर्वाधार, ऊर्जा, सडक यातायात, पुनर्निर्माण, सीपजस्ता क्षेत्रमा दिगो र गुणस्तरीय विकासको प्रचुर सम्भावना देखिन्छ । संविधान, क्षेत्रगत कानुनहरु, पन्ध्रौं योजना, वजेट, राष्ट्रिय नीति तथा कार्यक्रमहरुले राष्ट्रिय सुरक्षालाई विकाससँग अन्तरआवद्ध गरेमा मात्र विकासले सार्थक र अपेक्षित लक्ष्य प्राप्त गर्न सक्ने कुरालाई जोड दिएको देखिन्छ । नेपालले वि. सं. २१०० सम्म प्राप्त गर्ने गरी राखेको समृद्ध नेपाल निर्माणको दीर्घकालीन सोंचको सहज प्राप्तिका लागि राष्ट्रिय सुरक्षा र विकासलाई एक रथका दुई पांग्राका रुपमा लिने गरी नीति तथा कार्यक्रमको अवलम्वन गर्नुपर्ने हुन्छ । सुरक्षा नभएको विकास र विकास नभएको सुरक्षाले मुलुक निर्माण र नागरिक अपेक्षा पूरा गर्न कुनै अर्थ नराख्ने हु“दा दुवै क्षेत्रको तादात्म्यताले मात्र राष्ट्रिय सोंच र लक्ष्य प्राप्ति सहज हुने देखिन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here