z-logo
open-access-imgOpen Access
नागरिक–सैनिक सम्बन्धः वर्तमान अवस्था, चुनौती र अवसर Nagarik- Sainik Sambandha: Bartaman Awastha, Chunauti ra Abasar
Author(s) -
अंगराज Angaraj तिमिल्सिना Timilsina
Publication year - 2020
Publication title -
unity journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8167
pISSN - 2717-4751
DOI - 10.3126/unityj.v1i0.35994
Subject(s) - theology , philosophy
राष्ट्रिय सुरक्षाका मामिलामा मात्र होइन संबिधान रलोकतन्त्रको रक्षाका लागि देशको सेनाको भूमिका पनित्यत्तिकै महŒवपूर्ण हुन्छ भने देशको शान्ति, स्थायित्व,समग्र बिकास र सम्वृद्धि तथा देशको वैदेशिक नीतिर कूटनीतिमा समेत सेनाले महŒवपूर्ण योगदानदिन सक्छ । तर यसका लागि सबल र प्रभावकारीनागरिक–सैनिक सम्बन्धको आबश्यकता पर्दछ ।  नागरिक–सैनिक सम्बन्धलाई प्रभाबकारी बनाउन एकातिर देशको नागरिक नेतृत्व, नागरिक समाजर कर्मचारीतन्त्रमा सुरक्षासम्बन्धी पर्याप्त ज्ञान रअनुभव हुनु आबश्यक छ भने अर्कोतिर उत्तरदायित्वर जबाफदेहिताका हिसाबले सेनाको तालिम र नेतृत्वबिकासस“गै नागरिक नेतृत्वको वैध र न्यायसंगत आदेशअक्षरश ः पालना गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनुजरुरी छ । यसका अतिरिक्त नागरिक र सैनिक नेतृत्वबिचको नियमित संबाद र सह–कार्यको त्यत्तिकै महŒव हुन्छ भने सुरक्षाबारे संवेदनशील कुरा बाहेक सेनाको नियमित काम–कार्बाही, सैनिक बजेट, खर्च र कोष परिचालनआदिमा पारदर्शिता बढाउने काम गरे तथा सेनाभित्रदण्डहीनता छ भन्ने आरोपलाई सम्बोधन गर्न नेपालीसेनाले बिश्वब्यापी मान्यतालाई आत्मसात् गरे आम–नागरिकमा सेनाप्रति विश्वास र भरोसा अझै बढ्नेछ ।  सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा सेनामा सुशासन रसुधारका कार्यक्रम सुरु हुनु आफै“मा सराहनीय छ र यीसुधारहरूलाई सेनाको भाबी नेतृत्व बिकासस“ग जोडेर संस्थागत गर्नुपर्छ, किनकि सेनाको लोकतान्त्रीकरण  भन्नाले नागरिक नेतृत्वको नियन्त्रणका अतिरिक्त सेनाको व्यावसायिक बिकास अनि सेनामा सुशासन र सुधारप्रतिको प्रतिबद्धता हो भनेर बुझ्नुपर्ने हुन्छ ।  नेपालको राष्ट्रिय सुरक्षाको संरचनात्मक सुधारकाकुरा गर्दा अमेरिका र भारतमा जस्तै राष्ट्रिय सुरक्षापरिषद्को पुन ः संरचना गरेर नीतिगत, व्यावसायिक रसंयोजनकारी क्षमता बढाउनु जरुरी छ । 

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here