z-logo
open-access-imgOpen Access
शेर्पा भाषाका स्वर र व्यञ्जन वर्णको विश्लेषण Sherpa Bhashaka Swar ra Byanjan Varnako Bishleshan
Author(s) -
दावा Dawa शेर्पा Sherpa
Publication year - 2020
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v35i1.35882
Subject(s) - computer science
शेर्पा जातिले बोल्ने भाषालाई शेर्पा कुरा (शेर्वी ताम) भनिन्छ । यो भाषा भोट–बर्मेली परिवारको भाषा हो । कथ्य रूपमा मात्र बोलिने शेर्पा भाषाको लिपि सम्भोटा हो । यसलिपिको आविष्कार सन् ६५० ब्।म्। तिर थोन्मि सम्भोटाले गरेका हुन् । यस लिपिको प्राचीनहस्त लिखित ग्रन्थ ‘कङ्ग्युर’ हो । । शेर्पा भाषामा अ, आ, इ, उ, ए, ओ गरी ६ वटा स्वर र३१ वटा व्यञ्जन वर्णहरू रहेका छन् । यसमा घ, झ, ढ, ध र भ वर्णहरू पाइँदैन । तसर्थःयी वर्णहरूका सट्टाम समीपको वर्ण उच्चारण गरी नेपालीमा त्रुटि गरेको पाइन्छ । नेपालमामातृभाषा प्रयोगका दृष्टिले यो पन्ध्रौँ स्थानमा पर्दछ । शेर्पा भाषाका स्वर र व्यञ्जन वर्णकापहिचान लघुतम युग्म तथा व्यतिरेकी वितरण सिद्घान्तका आधारमा गरिएको छ । स्वरवर्णको व्याख्या विश्लेषण र वर्गीकरण मानस्वरका आधारमा जिब्रोको उचाइका आधारमाउच्च, मध्य र निम्न, जिब्रोको सक्रियताको आधारमा अग्र, मध्य, पश्च र ओठको स्थितिकोआधारमा गोलित र अगोलित देखाइएको छ भने व्यञ्जन वर्णको व्याख्या विश्लेषण व्यतिरेकी आधारमा मात्र गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here