
एउटा छर्लङ्ग प्रेमकथामा नारीवादी स्वर Euta Chharlanga Premkathama Narivadi Swar
Author(s) -
त्रिभुवन Tribhuvan बरई Barai
Publication year - 2019
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v33i2.33653
Subject(s) - environmental science
प्रस्तुत लेखमा भवानी भिक्षुद्वारा लिखित ‘एउटा छर्लङ्ग प्रेमकथा’ को नारीवादीसमालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । उत्तरआधुनिकतावादसँग निकटसम्बन्ध राख्ने तथा सन् १९६० पछि स्थापित भएको नारीवाद नारीहरूको हक, अधिकार,स्वतन्त्रता, समानता, स्वाभिमान र अस्तित्वको पक्षमा आवाज उठाउने एक प्रकारकोसमालोचाना सिद्धान्तसँग सम्बन्धित छ । प्रस्तुत सन्दर्भमा नारीवादको सामान्य चिनारी दिँदैनारीवादका प्रमुख मान्यताका साथै कृति विश्लेषणका नारीवादी आधारहरूको समेत निर्धारणगरिएको छ । कथामा वर्णित कार्यव्यापार र घटित घटनाहरूको सापेक्षतामा मूल्याङ्कन गर्दातिब्बती समाजमा नारीहरूलाई पुरुषजस्तै हक, अधिकार, स्वतन्त्रता प्राप्त भएको पाइन्छ भनेनारीहरूको मनोविज्ञान र मनोबल पनि अत्यन्त उच्च रहेको देखिन्छ । साथै उक्त समाजमानारीहरूको विरुद्धमा गरिने हरेक क्रियाकलाप र व्यवहारका सन्दर्भमा तिब्बती नारीहरू अत्यन्तसचेतता, सावधानी र संवेदनशीलताका साथ प्रतिरोध गर्ने वातावरण रहेको तथा सामाजिक,सांस्कृतिक र आर्थिक अवस्था पनि नारीहरूको अनुकूल रहेको निष्कर्ष निकालिएको छ ।