z-logo
open-access-imgOpen Access
आन्तरिक मूल्याङ्कनको प्रभावकारितासम्बन्धी विद्यार्थी दृष्टिकोणको सेमेस्टरगत तुलना Antarik Mulyankanko Prabhkaritasambandhi Viddhyarthi Drishtikonko Semestergat Tulana
Author(s) -
राजेन्द्र Rajendra खनाल Khanal
Publication year - 2019
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v33i2.33641
Subject(s) - environmental science
सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कन प्रक्रिया विद्यार्थीको क्षमता विकासमासहयोगी भएको छ वा छैन भन्ने सम्बन्धमा विद्यार्थीको दृष्टिकोण कस्तो छ भन्ने विषयमा केन्द्रितरहेर प्रस्तुत लेख तयार पारिएको छ । शिक्षाशास्त्र, स्नातकोत्तर तह, कीर्तिपुरमा अध्ययनरत ९९जना विद्यार्थीलाई नमुनाका रूपमा लिई उनीहरूको प्रतिक्रियालाई प्रस्तुत लेखमा विश्लेषणगरिएको छ । पाँचओटै सूचकमा जम्मा विद्यार्थीमध्ये दोस्रो सत्रका ११.९१ प्रतिशत, तेस्रो सत्रका१०.१ प्रतिशत र चौथो सत्रका १०.७ प्रतिशत विद्यार्थीले उच्च तहको प्रतिक्रिया जनाएकाछन् । त्यस्तै, मध्यम तहको प्रतिक्रिया जनाउनेमा दोस्रो सत्रका १२.९२ प्रतिशत, तेस्रो सत्रका१७.७७ प्रतिशत र चौथो सत्रका १६.९६ प्रतिशत विद्यार्थी रहेका छन् । निम्न तहको प्रतिक्रियादिनेमा दोस्रो सत्रका ८.४८ प्रतिशत, तेस्रो सत्रका ५.४५ प्रतिशत र चौथो सत्रका ५.६५प्रतिशत विद्यार्थी रहेका छन् । प्रस्तुत अध्ययनमा आन्तरिक परीक्षा तथा परियोजना कार्यले ज्ञानतथा सिप विकासमा पृष्ठपोषण प्रदान गर्दै सिकाइ उपलब्धि बढाउँछ भन्ने विषयमा विद्यार्थीसकारात्मक रहेको पाइयो । व्यक्तिगत÷समूहगत कार्य एवम् परियोजना कार्य खासै प्रभावकारीबन्न नसकेको प्रतिक्रिया प्राप्त भयो । आन्तरिक मूल्याङ्कनको अङ्कले विद्यार्थीको वास्तविकक्षमतालाई प्रतिनिधित्व नगरेको प्रतिक्रिया पाइयो । आन्तरिक मूल्याङ्कनको गरिमा सैद्धान्तिकरूपमा स्वीकार्य भए पनि व्यवहारतः सार्थक परिणाममा पुग्न नसकेको निष्कर्ष यस अध्ययनबाटप्राप्त भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here