z-logo
open-access-imgOpen Access
उमेरको भिन्नताले औपचारिक भाषा सिकाइमा पार्ने प्रभाव Umerko Bhinnatale Aaupacharik Bhasha Sikaima Parne Prabhav
Author(s) -
नेत्रप्रसाद Netraprasad पौडेल Poudel
Publication year - 2019
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v33i2.33639
Subject(s) - psychology
उमेरको भिन्नताले औपचारिक भाषा सिकाइमा पार्ने प्रभाव नामक प्रस्तुतलेखलाई नेपाली भाषाको औपचारिक सिकाइमा उमेरको भिन्नताले पार्ने प्रभावको खोजी गर्नुभन्ने उद्देश्यमा आधारित तुल्याइएको छ । यस लेखलाई विषय प्रवेश, विधि तथा प्रक्रिया,तथ्याङ्कहरूको विश्लेषण, उपलब्धि तथा निष्कर्ष र शैक्षणिक उपादेयता गरी पाँच शीर्षकमापूरा गरिएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौँबाट २४, ललितपुरबाट२४ र भक्तपुरबाट २४ गरी कक्षा ३, ४ र ५ का क्रमशः ८, ९ र १० वर्ष उमेरसमूहकासामुदायिक तथा संस्थागत विद्यालयका ७२ जना छात्रछात्राहरूलाई नमुना जनसङ्ख्याका रूपमालिई गरिएको यस अध्ययनबाट प्राप्त परिमाणात्मक तथ्याङ्कहरूलाई भाषाका चार शुद्ध सीप रतीन एकीकृत सीप गरी सिकाइ उपलब्धि र उमेरको प्रभाव सम्बद्ध नेपाली भाषाको औपचारिकसिकाइको सन्दर्भसँग जोडेर विश्लेषण गरिएको छ । सिकाइ उपलब्धिभित्र उमेरको प्रभावनिरूपण गर्दा एकातिर न्यूनतम २६ र अधिकतम ९६ प्रतिशतसम्म सिकाइ उपलब्धि हासिलभएको र उमेरको प्रभाव भने न्यूनतम ०.२१ र अधिकतम ४४.३१ प्रतिशतसम्म पाइएको छ ।कतै सामान्य त कतै अत्यधिक ढङ्गले परेको उमेरको प्रभावमा केही ठाउँमा विचलन पनिदेखिएको छ । थोरै अपवादलाई छोड्ने हो भने सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चार शुद्धभाषिक सीप, सुनाइ र बोलाइ, पढाइ र लेखाइ, सुनाइ र लेखाइ एकीकृत भाषिक सीप तथास्वतन्त्र लेखन र कथाकथनमा कतै धेरै त कतै थोरै उमेरको प्रभावमा नियमितता पनि पाइएकोछ । प्रभावको अवस्था धेरै वा थोरै जे जस्तो भए पनि समग्रमा ८, ९ र १० वर्ष उमेरसमूहकाकक्षा ३, ४ र ५ का मातृभाषी नेपाली विद्यार्थीहरूको सिकाइ उपलब्धिमा विविधता पाइनुकोसाथै केही अपवादबाहेक उमेर बढ्दै जाँदा ८ भन्दा ९ र ९ भन्दा १० वर्ष उमेरसमूहकाबालबालिकाहरूको भाषाका शुद्ध तथा एकीकृत सीपका क्षेत्रहरूको सिकाइ उपलब्धिमा वृद्धिदेखिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom