z-logo
open-access-imgOpen Access
विमलकुमार सुवेदीको रोसा उपन्यास : मिथकहरूको पुनर्लेखन Bimalkumar Subediko Rosa Upanyas: Mithakharuko Punarlekhan
Author(s) -
जीवनकुमार jeevankumar श्रेष्ठ Shrestha
Publication year - 2019
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v33i1.28697
Subject(s) - horticulture , biology
विगतका रचनाकृतिहरूलाई वर्तमान समयमा पुनः लेख्नु पुनर्लेखन हो । यसमा पूर्वकृतिका पात्र र घटनाहरूलाई वर्तमान सन्दर्भसँग जोडेर नवीन किसिमले प्रस्तुत गरिन्छ । विगतमा रचना गरिएका कृतिहरू वर्तमान समयमा सान्दर्भिक नहुने भएकाले त्यसप्रति आलोचनात्मक दृष्टि प्रस्तुत गर्दै नवीनताको खोजी गर्नु यसको विशेषता भएकाले उत्तरआधुनिकतवादी लेखनले यसलाई महत्त्वपूर्ण ‘टेक्निक’का रुपमा उपयोग गरेको छ । उपन्यासकार विमलकुमार सुवेदीको ‘रोसा’ उपन्यासमा पूर्वीय परम्परामा प्रचलित मिथकहरूको पुनर्लेखन गरी पाश्चात्य जगत्मा विकसित उत्तरआधुनिकतावादी चिन्तन प्रस्तुत गरिएको छ । सत्य शाश्वत र निरपेक्ष हुँदैन, यो समयानुसार परिमार्जित हुन्छ । समग्रताको अध्ययनबाट मात्र सत्यको नजिक पुग्न सकिन्छ तर मावन जीवनको निश्चित समयले समग्रतालाई बोध गर्न नसक्ने भएकाले मानवीय ज्ञान अपूर्ण रहेको छ भन्ने उत्तरआधुनिकतवादी दृष्टिको अभिव्यक्तिका निम्ति यस उपन्यासमा सिद्धार्थ गौतमको गृहत्याग, गङ्गा नदीको पृथ्वी अवतरण र कृष्ण–अर्जुन संवादको पुनर्लेखन गरिएको छ । यसमा परम्परागत मूल्य र मान्यताको आलोचना गर्दै त्यसलाई वर्तमान सन्दर्भानुसार परिमार्जन गर्नुपर्छ भन्ने विचारका साथै सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा देखापरेका विकृत प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गर्न पनि मिथकहरूको पुनर्लेखन गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom