z-logo
open-access-imgOpen Access
गहन पर्यावरणको सैद्धान्तिक अवधारणा Gahan Paryavaranko Saiddhantik Awadharana
Author(s) -
गीता Geeta थपलिया Thapaliya त्रिपाठी Tripathi
Publication year - 2018
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v32i2.24724
Subject(s) - computer science
गहन पारिस्थितिक दर्शन प्रकृतिको सर्वोच्चताका पक्षमा केन्द्रित छ । यस दर्शनभित्र पृथ्वीमा रहेका सबै पदार्थ जगत्को समानअस्तित्व रहेको चिन्तन समावेश छ । यस पारिस्थितिक प्रणालीमा जीव र वनस्पतिको अन्तःनिर्भरताको अध्ययन गरिन्छ । पारिस्थितिक प्रणाली पृथ्वीमा रहने आन्तरिक जीवनचक्र हो । यस चक्रलाई पर्यावरणचक्र पनिभनिन्छ । खासगरी अन्य प्राणीको जस्तै मानिसको अस्तित्वका लागि प्रकृतिका सबै पर्यावरणीय पक्षहरू सन्तुलित स्थितिमा रहनु आवश्यक हुन्छ । आजको प्रविधिमुखी संस्कृतिको पक्षपोषक भएर मानिसले प्रकतिमाथि गरेको अत्याचारले पर्यावरणमा ठूलो असन्तुलन आइरहेकाप्रति विरोध र असहमित राख्दै मानिसको फाइदाका लागि प्रकृति होइन, प्रकृति प्रकृतिकै लागि संरक्षित हुन जरुरी छ र यसका लागि मानिसले आफूलाई प्रकृतिको एकाधिकारी सम्झन छोड्नुपर्छ, आफू पनि प्रकृतिको एउटा सामान्य अस्तित्व भएको स्वीकार्नु आवश्यक छ भन्ने अर्ने नेइसको डिप इकोलोजीसम्बन्धी मान्यताका आधारमा तयार पारिएको गहन पर्यावरणीय अवधारणाको विश्लेषण र कृति विश्लेषणको सैद्धान्तिक ढाँचा यस अध्ययनमा प्रस्तुत गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here