z-logo
open-access-imgOpen Access
चक्रव्यूह नगरमा अभिमन्युमा अभिव्यञ्जित यथार्थ Chakrabyuha Nagarma Abhimanyuma Abhibyanjit Yathartha
Author(s) -
धनप्रसाद Dhanprasad सुवेदी Subedi
Publication year - 2018
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v32i1.24794
Subject(s) - computer science
यस आलेखमा कवि सुरेश हाचेकालीद्वारा लिखित चक्रव्यूह नगरमा अभिमन्यु (२०७०) लामो कवितामा अभिव्यञ्जित यथार्थका बारेको अध्ययन प्रस्तुत गरिएको छ । यो आलेख कृतिपरक अनुसन्धानमूलक समालोचना हो । यसमा लामोकविताको परिचय दिँदै नेपाली लामो कविताको ऐतिहासिक सन्दर्भमा प्रस्तुत कृतिको सन्दर्भ उल्लेख गरिएको छ र यही पूर्वसन्दर्भसहित प्रस्तुत कृतिमा अभिव्यञ्जित यथार्थको खोजी गरिएको छ । प्रस्तुत कृतिमा नेपाली शासन व्यवस्थामा देखिएको भ्रष्टाचार, विकृति, विसङ्गति र युवाहरूमा देखिएको सहर पस्ने मोहका कारण आजका नेपाली युवाहरू समस्याग्रस्त छन् भन्ने विषयको वर्णन गरिएको छ । युवाहरू रोजगारी र अवसरको खोजीका लागि देशको राजधानीमा काठमाडौँमा केन्द्रित छन् । तर काठमाडौँ सहर युवाहरूका लागि अनुकूल छैन । यो सहर एक प्रकारको चक्रव्यूह जस्तै छ र यसमा पसेका युवाहरू चक्रव्यूहमा परेका अभिमन्यु जस्तै बनेका छन् । त्यसैले अबका युवाहरु यस चक्रव्यूहबाट बाहिर निस्कनुपर्छ र काठमाडौँ छाडेर आफ्ना आफ्ना गाउँठाउँमा गएर त्यहाँको जमिन, स्रोत, साधन आदिको उपयोग गर्नाका साथै नेपाली मौलिक संस्कृति तथा मूल्य, मान्यताको संवर्धन गर्नुपर्छ भन्ने कविको आग्रह छ । यही आग्रह नै यस कृतिको सार हो । यसप्रकार कवि हाचेकालीकृत प्रस्तुत कृतिमा समकालीन नेपाली जीवनको यथार्थलाई सफलतापूर्वक प्रतिबिम्बन गरेको पाइन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here