z-logo
open-access-imgOpen Access
चक्रव्यूह नगरमा अभिमन्युमा अभिव्यञ्जित यथार्थ Chakrabyuha Nagarma Abhimanyuma Abhibyanjit Yathartha
Author(s) -
धनप्रसाद Dhanprasad सुवेदी Subedi
Publication year - 2018
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v32i1.24794
Subject(s) - computer science
यस आलेखमा कवि सुरेश हाचेकालीद्वारा लिखित चक्रव्यूह नगरमा अभिमन्यु (२०७०) लामो कवितामा अभिव्यञ्जित यथार्थका बारेको अध्ययन प्रस्तुत गरिएको छ । यो आलेख कृतिपरक अनुसन्धानमूलक समालोचना हो । यसमा लामोकविताको परिचय दिँदै नेपाली लामो कविताको ऐतिहासिक सन्दर्भमा प्रस्तुत कृतिको सन्दर्भ उल्लेख गरिएको छ र यही पूर्वसन्दर्भसहित प्रस्तुत कृतिमा अभिव्यञ्जित यथार्थको खोजी गरिएको छ । प्रस्तुत कृतिमा नेपाली शासन व्यवस्थामा देखिएको भ्रष्टाचार, विकृति, विसङ्गति र युवाहरूमा देखिएको सहर पस्ने मोहका कारण आजका नेपाली युवाहरू समस्याग्रस्त छन् भन्ने विषयको वर्णन गरिएको छ । युवाहरू रोजगारी र अवसरको खोजीका लागि देशको राजधानीमा काठमाडौँमा केन्द्रित छन् । तर काठमाडौँ सहर युवाहरूका लागि अनुकूल छैन । यो सहर एक प्रकारको चक्रव्यूह जस्तै छ र यसमा पसेका युवाहरू चक्रव्यूहमा परेका अभिमन्यु जस्तै बनेका छन् । त्यसैले अबका युवाहरु यस चक्रव्यूहबाट बाहिर निस्कनुपर्छ र काठमाडौँ छाडेर आफ्ना आफ्ना गाउँठाउँमा गएर त्यहाँको जमिन, स्रोत, साधन आदिको उपयोग गर्नाका साथै नेपाली मौलिक संस्कृति तथा मूल्य, मान्यताको संवर्धन गर्नुपर्छ भन्ने कविको आग्रह छ । यही आग्रह नै यस कृतिको सार हो । यसप्रकार कवि हाचेकालीकृत प्रस्तुत कृतिमा समकालीन नेपाली जीवनको यथार्थलाई सफलतापूर्वक प्रतिबिम्बन गरेको पाइन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom