z-logo
open-access-imgOpen Access
नेपाली कवितामा प्रयुक्त पर्यावरणीय सङ्कट र विस्थापनको समस्या Nepali Kabitama Prayukta Paryabaraniya sankat ra Bisthapanko Samasya
Author(s) -
गीता Geeta थपलिया Thapaliya त्रिपाठी Tripathi
Publication year - 2017
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v31i1-2.25360
Subject(s) - nepali , traditional medicine , medicine , mathematics , philosophy , linguistics
प्रकृति जीवनको आधार हो । प्रकृतिले दिने आनन्द आजको वैज्ञानिक विश्वमा एकादेशको कथा बन्दै गएको छ । पहिले प्रकृति र मानिसबिच दोहोरो जिम्मेवारी थियो भने अहिले मानिसले प्रकृतिलाई हेर्ने दृष्टि उपभोक्तामुखी भएकाले प्रकृति एकोहोरो दोहनमा परेको छ र संरक्षणविहीनताले विनाश हुँदै गएको छ । नेपाली कवितामा प्रयुक्त पर्यावरणीय सङ्कट वर्तमान विश्वले भोगेको सबैभन्दा ठूलो समस्या हो । मूलतः सन् १९९६ बाट साहित्य समालोचनाको एउटा विषयका रूपमा चेरिल ग्लोटफेल्टीले सैद्धान्तीकरण गरेको यस विषयमा पूर्व पश्चिम दुवैतिर साहित्य सिर्जना भने साहित्य लेखनको आरम्भदेखि नै भएको देखिन्छ । नेपाली साहित्यमा पर्यावरणीय अध्ययनको आरम्भ भएको एक दशक मात्र भएको छ । यसबिचमा पर्यावरणीय समस्याका विविध स्वरूप देखिएका छन् र कवितामा यसको प्रभावकारी स्वर प्र्रकट भइरहेको छ । व्यवहारिक रूपमा पर्यावरणीय चेतना विस्तार गर्नका लागि कवितामार्फत् गरिने मार्मिक अभिव्यक्तिको महत्त्व बेग्लै छ । पछिल्लो दशकका नेपाली कविताले पर्यावरण विनाशका सन्दर्भमा विस्थापन तथा परिचयको सङ्कटलाई के कसरी प्रतिध्वनित गरेको छ भन्ने विषयको केन्द्रीय कथ्यमा आधारित भएर यो शोधलेख तयार पारिएको छ र यस अध्ययनबाट नेपाली कवितामा विस्थापन एउटा गम्भीर पर्यावरणीय समस्याका रूपमा प्रकट भएको निष्कर्ष निकालिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here