z-logo
open-access-imgOpen Access
उच्च सिकाइ उपलब्धिका कारक पक्षहरू Uchha Sikai Upalabdhika Karak Pakshyaharu
Author(s) -
नेत्रप्रसाद Netraprasad पौडेल Poudel
Publication year - 2016
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v30i2.25570
Subject(s) - computational biology , computer science , biology
सर्लाही जिल्लास्थित खुटौना गा.वि.स. ओडा नं. १ मा रहेको श्री जनता निम्न माध्यमिक विद्यालयमा गई क्षेत्रकार्यअन्तर्गत प्रामाणिक सूचनाहरू लिएर गरिएको प्रस्तुत अध्ययनबाट विद्यार्थीहरूको उच्च सिकाइ उपलब्धि हासिल गर्नका लागि विषय शिक्षकहरूको सर्वाधिक भूमिका हुने देखियो । सिकाइ उपलब्धिलाई उच्च तुल्याउनका लागि यस विद्यालयले व्यावहारिक शिक्षण, उपलब्ध शैक्षिक सामग्रीहरूको यथोचित प्रयोग, पुस्तकालयको अभावमा समेत थोरै पुस्तकहरू जुटाएर झोले÷घुम्ती पुस्तकालयको व्यवस्था, केही गर्ने अठोट, नियमित गृहकार्य, पृष्ठपोषणर परीक्षा, नतिजाको नियमित विश्लेषण, सबै विषयप्रति प्रअको समान दृष्टिकोण, वृत्तिविकासका लागि शिक्षकहरूलाई आलोपालो अवसर, पारदर्शी मूल्याङ्कन, समस्याहरूको वस्तुगत आकलन र निराकरणका लागि ठोस योजना, योजना र निर्णयहरूको इमानदारी कार्यान्वयन तथा कार्यक्रमिक र नीतिगत तहको सन्तुलित व्यवस्थापन गर्न अधिकतम प्रयत्न गरेको पाइयो । यस विद्यालयले विद्यालयीय सिकाइमा खपत हुने समय, गृहकार्यको सूक्ष्म परीक्षण, तत्काल पृष्ठपोषण तथा प्रभावकारी शिक्षण सिकाइ गरी विशेष चार कुराहरूमा ख्याल गरेको देखियो । बालकको सिक्ने आनीबानी, त्यसमा गुरुहरू र अग्रजहरूको प्रभाव, त्यसबाट उनीहरूको सिकाइ उपलब्धिमा पर्ने असरका बारेमा विद्यालय परिवार सचेत देखियो । प्रधानअध्यापक विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा भूमिकामूलक नेतृत्व समेत भएका कारण उनले वि.व्य.स. र अन्य सरोकारवालाहरूको माझमा समन्वयकारी भूमिका निर्वाह गरेको पाइयो । सबै बालबलिकाका सबल र दुर्बल पक्षहरूको जानकारी प्राप्त गरी उनीहरूको पढाइ सुधार्ने योजनामा अभिभावकहरूस“ग सहकार्य, आºना कमी कमजोरीहरू हटाउनका लागि प्रधानअध्यापक स्वयम्बाट र अन्य वरिष्ट शिक्षकद्वारा शिक्षकहरूको नियमित कक्षा अवलोकनपछि पृष्ठपोषण दिने, शिक्षकहरूबाट प्रअ र वरिष्ट शिक्षकहरूको कक्षा अवलोकनपछि टिप्पणी गराउने कार्यप्रणाली अवलम्बन गरेको देखियो ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom