
अछामी लिङ्ग व्यवस्था Achhami Linga Byabstha
Author(s) -
हर्कबहादुर Harkabahadur शाही Shahi
Publication year - 2016
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v30i2.25568
Subject(s) - computer science
अछामी भाषाको परिचय दिई यस भाषाको लिङ्ग व्यवस्था पहिचान गर्नु मूल उद्देश्य रहेको प्रस्तुत लेख गुणात्मक प्रकृतिको रहेको छ । क्षेत्र अध्ययन विधिको उपयोग गरिएको यो अध्ययन वर्णनात्मक रहेको छ । अछामी भाषा बोल्ने सम्पूर्ण अछामी भाषी वक्ता यस अध्ययनको जनसङ्ख्या हुन भने पान्सय दरा (क्षेत्र) का उमेरगत, लिङ्गगत, जातिगत, साक्षर र निरक्षरताका आधारमा २० जना अछामी भाषी वक्तालाई उद्देश्यपूर्ण नमुनाका रूपमा छनौट गरी श्रव्य सामग्रीका माध्यमबाट विभिन्न क्षेत्रमा बोलिने अछामी भाषाका पाठहरू सङ्कलन गरी टुलबक्सको सहायताले इन्टरलिङ्गराइज गरिएको छ । लिप्याङ्कन गरिएका पाठलाई व्याकरण सिद्धान्तका सहायताले अछामी लिङ्गभेदको विश्लेषण गरिएको छ । भारोपेली समूहको अछामी भाषा अछाम जिल्लामा बोलिन्छ । यस भाषामा लेखिएका अभिलेख, साहित्य, व्याकरण र स्नातकोत्तरदेखि विद्यावारिधिसम्मका लोकसाहित्य र भाषाका विविध पक्षमा गरिएका अनुसन्धानले यसको स्वतन्त्र भाषिक अस्तित्व कायम गर्न सघाएको पाइन्छ । अछामी भाषाका लिङ्गभेदको प्रभाव नाम, विशेषण, क्रियाविशेषण र कोटिकरमा रहेको पाइन्छ । यस भाषामा मानवेत्तर गाईमा पनि स्त्रीलिङ्गको भेद पाइनु, मानवीय जना कोटिकरको स्त्रीलिङ्ग जनी हुनु र स्थानिक क्रियाविशेषणमा पनि लिङ्गभेद पाइनु यस भाषाका आफ्ना छुट्टै लिङ्गगत विशेषता हुन् ।