z-logo
open-access-imgOpen Access
अछामी लिङ्ग व्यवस्था Achhami Linga Byabstha
Author(s) -
हर्कबहादुर Harkabahadur शाही Shahi
Publication year - 2016
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v30i2.25568
Subject(s) - computer science
अछामी भाषाको परिचय दिई यस भाषाको लिङ्ग व्यवस्था पहिचान गर्नु मूल उद्देश्य रहेको प्रस्तुत लेख गुणात्मक प्रकृतिको रहेको छ । क्षेत्र अध्ययन विधिको उपयोग गरिएको यो अध्ययन वर्णनात्मक रहेको छ । अछामी भाषा बोल्ने सम्पूर्ण अछामी भाषी वक्ता यस अध्ययनको जनसङ्ख्या हुन भने पान्सय दरा (क्षेत्र) का उमेरगत, लिङ्गगत, जातिगत, साक्षर र निरक्षरताका आधारमा २० जना अछामी भाषी वक्तालाई उद्देश्यपूर्ण नमुनाका रूपमा छनौट गरी श्रव्य सामग्रीका माध्यमबाट विभिन्न क्षेत्रमा बोलिने अछामी भाषाका पाठहरू सङ्कलन गरी टुलबक्सको सहायताले इन्टरलिङ्गराइज गरिएको छ । लिप्याङ्कन गरिएका पाठलाई व्याकरण सिद्धान्तका सहायताले अछामी लिङ्गभेदको विश्लेषण गरिएको छ । भारोपेली समूहको अछामी भाषा अछाम जिल्लामा बोलिन्छ । यस भाषामा लेखिएका अभिलेख, साहित्य, व्याकरण र स्नातकोत्तरदेखि विद्यावारिधिसम्मका लोकसाहित्य र भाषाका विविध पक्षमा गरिएका अनुसन्धानले यसको स्वतन्त्र भाषिक अस्तित्व कायम गर्न सघाएको पाइन्छ । अछामी भाषाका लिङ्गभेदको प्रभाव नाम, विशेषण, क्रियाविशेषण र कोटिकरमा रहेको पाइन्छ । यस भाषामा मानवेत्तर गाईमा पनि स्त्रीलिङ्गको भेद पाइनु, मानवीय जना कोटिकरको स्त्रीलिङ्ग जनी हुनु र स्थानिक क्रियाविशेषणमा पनि लिङ्गभेद पाइनु यस भाषाका आफ्ना छुट्टै लिङ्गगत विशेषता हुन् ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom