
नेपालका सन्दर्भमा ग्रामीण विकासका निम्ति विकेन्द्रीकरण Nepalka Sandharbhama Gramin Bikaska Nimti Bikendrikaran
Author(s) -
भबिन्द्र Jhabindra बहादुर Bahadur खड्का Khadka
Publication year - 2016
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v30i2.25566
Subject(s) - mathematics
विकास भनेको क्रमशः बढ्दै र सुधँ्रदै गएको भौतिक स्थिति हो । यसलाई उत्तरोत्तर प्रगति र क्रमिक परिवर्तका रूपमा पनि अथ्र्याउन सकिन्छ । नेपालको भौतिक विकास र समृद्धिका सन्दर्भमा यो अध्ययन केन्द्रित छ । यस अध्ययनमा नेपालका सन्दर्भमा ग्रामीणविकासका निम्ति विकेन्दीकरण कति आवश्यक छ भन्ने विषयमा केन्द्रित रही विषयको विश्लेषण गरिएको छ । विगतका वर्षहरूमा यस विषयमा निकै प्रयत्नहरू भएका हुन् तापनि विकेन्द्रीकरणलाई सिद्धान्ततः नस्वीकारेसम्म विकासको प्रतिफल सर्वसाधारणसम्म पुग्दो रहेनछभन्ने कुरा प्रायः सिद्ध भइसकेको छ । स्थानीय तहमा हुने र गरिने सबै खाले निर्णय निर्माण र कार्यक्रम कार्यान्वयनमा जनसहभागिता हुने भएकाले विकास गर्न सरल र सहज हुन्छ । अब आउने दिनमा ग्रामीण विकास गर्नका लागि विकेन्द्रीकरणको सिद्धान्त अवलम्बन गर्नु नेपालका सन्दर्भमा अत्यन्त आवश्यक देखिन्छ । यसले विकासमा सर्वसाधारणको पहुच बढ्ने र अपनत्व अनुभव हुने हुँदा विकासको गतिमा तीव्रता प्रदान गर्दछ । यस लेखमा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा जनसाधारणसँगको अन्तरक्रियात्मक विधिबाट सामग्री सङ्कलन गरीविषयको विश्लेषण गरिएको छ ।