
समाजवाददेखि लोकतान्त्रिक समाजवादसम्म : एक विवेचना Samajvaddekhi Loktantrik Samajvadsamma: ek Vibechana
Author(s) -
कैलाश Kailash प्रधानाङ्ग Pradhanang
Publication year - 2016
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v29i1.25991
Subject(s) - geography
समाजवाद मानव समाजको विकाससँगै मानव जातिले आत्मसात् गर्दै आएकोसमाज व्यवस्थाको वस्तुगत मान्यता हो । यही मानव सभ्यतासँगै विकसित हुँदै आएकामूल्य र मान्यताहरूलाई सँगालेर पूर्वीय वैदिक कालका महाभारत, स्मृतिग्रन्थ, पुराणआदिमा मानव जातिले अपनाएका जीवनशैलीले समाजमा शान्तिपूर्ण व्यवस्था निर्माणगरेको पाइन्छ । त्यसै गरी पश्चिममा प्राचीन ग्रीस तथा रोमका नगर राज्यहरूमा स्थापितनागरिक समाजदेखि नै समाजवादका किरणहरू भेटिन्छन् । आधुनिक युगका सेन्टसाइमन, चाल्र्स फोरियर्स, रोवर्ट ओवेन आदिको काल्पनिक समाजवाद होस् या कार्लमाक्र्सले प्रतिपादन गरेको वैज्ञानिक समाजवाद नै किन नहोस्, यी सबै समयक्रमसँगैविकसित हुँदै आएका चिन्तनहरू हुन् । कसैले हिंसात्मक क्रान्तिलाई समाजवादीस्थापनाको उपयुक्त साधन ठानेका छन् । कसैले अंिहंसात्मक आन्दोलनलाई मानेका छन्भने कोही संवैधानिक र लोकतान्त्रिक मार्गबाट नै समाजवादी गन्तव्यमा पुग्न सकिनेकुरामा विश्वास गर्दछन् । यस लेखमा पनि मानव समाज र सभ्यताको विकास क्रमसँगैविकसित हुँदै आएको काल्पनिक समाजवाददेखि हाल विश्वमा प्रचलित हुँदै आएकोलोकतान्त्रिक समाजवादसम्मको विकास र विचारहरूको विश्लेषण गर्न खोजिएको छ ।