z-logo
open-access-imgOpen Access
लेखनाथ पौडेल र उनको ‘पिंजराको सुगा’ कविताको वस्तुविधान lekhnath Poudel ra Unko "Pinjarako Suga" Kabitako Bastubidhan
Author(s) -
सीताराम Sitaram राज Raj विष्ट Bista
Publication year - 2013
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v28i1-2.26276
Subject(s) - psychology
नेपाली साहित्यमा कवि शिरोमणिबाट विभूषित पौड्याल नेपाली कविताको परिष्कारवादी धाराका प्रारम्भकर्ता हुन् । उनको ‘ऋतुविचार’ (१९७३) बाट यस धाराको प्रारम्भ भएको मानिन्छ । उनमा सुरुमा सल्बलाएको धार्मिक–आध्यात्मिक भावना पछि मानवतावादतर्फ बढेको पाइन्छ । उनमा पूर्वीय सभ्यताप्रतिको असीम श्रद्धा र आर्य सभ्यता संस्कृतिको पुनर्जागरण, समाज सुधारको चाहना, नैतिक उपदेश, प्रकृतिको तन्मय चित्रण आदि प्रवृत्तिहरू पाइन्छन् । प्रस्तुत “पिंजराको सुगा” कविता सममात्रिक पादाकुलक छन्दमा रचना भएको छ । वनकुञ्जको स्वच्छन्द वातावरणमा सयर गर्ने सुगा चरीलाई बन्द पिंजरामा कैद गरिदिँदा उसका वेदनामय भाव नै यस कविताको विषयवस्तु रहेको पाइन्छ । उनको यस कवितालाई अभिधार्थ, प्रतीकार्थ, ध्वन्यार्थ, आध्यात्मिक अर्थ र कवि जीवन सापेक्ष अर्थ गरी विभिन्न तहमा अर्थ लगाउन सकिन्छ । अनि यिनैका आधारमा शीर्षक सार्थकता पहिल्याउन सकिन्छ । प्रथम पुरुषीय आत्मकथनको आत्मालापीय वर्णनगरी रचना भएकाले यसमा प्रथम पुरुष कवि वक्तृप्रौढौक्तिको प्रयोग भएको पाइन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom