
लेखनाथ पौडेल र उनको ‘पिंजराको सुगा’ कविताको वस्तुविधान lekhnath Poudel ra Unko "Pinjarako Suga" Kabitako Bastubidhan
Author(s) -
सीताराम Sitaram राज Raj विष्ट Bista
Publication year - 2013
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v28i1-2.26276
Subject(s) - psychology
नेपाली साहित्यमा कवि शिरोमणिबाट विभूषित पौड्याल नेपाली कविताको परिष्कारवादी धाराका प्रारम्भकर्ता हुन् । उनको ‘ऋतुविचार’ (१९७३) बाट यस धाराको प्रारम्भ भएको मानिन्छ । उनमा सुरुमा सल्बलाएको धार्मिक–आध्यात्मिक भावना पछि मानवतावादतर्फ बढेको पाइन्छ । उनमा पूर्वीय सभ्यताप्रतिको असीम श्रद्धा र आर्य सभ्यता संस्कृतिको पुनर्जागरण, समाज सुधारको चाहना, नैतिक उपदेश, प्रकृतिको तन्मय चित्रण आदि प्रवृत्तिहरू पाइन्छन् । प्रस्तुत “पिंजराको सुगा” कविता सममात्रिक पादाकुलक छन्दमा रचना भएको छ । वनकुञ्जको स्वच्छन्द वातावरणमा सयर गर्ने सुगा चरीलाई बन्द पिंजरामा कैद गरिदिँदा उसका वेदनामय भाव नै यस कविताको विषयवस्तु रहेको पाइन्छ । उनको यस कवितालाई अभिधार्थ, प्रतीकार्थ, ध्वन्यार्थ, आध्यात्मिक अर्थ र कवि जीवन सापेक्ष अर्थ गरी विभिन्न तहमा अर्थ लगाउन सकिन्छ । अनि यिनैका आधारमा शीर्षक सार्थकता पहिल्याउन सकिन्छ । प्रथम पुरुषीय आत्मकथनको आत्मालापीय वर्णनगरी रचना भएकाले यसमा प्रथम पुरुष कवि वक्तृप्रौढौक्तिको प्रयोग भएको पाइन्छ ।