समजक–आरथक वकसम महलक भमक Samajik-Arthik Bikasma Mahilako Bhumika
Author(s) -
शारदा Sharada सिंह Singh
Publication year - 2010
Publication title -
tribhuvan university journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v27i1-2.26405
Subject(s) - political science
नेपालको कुल जनसङ्ख्याको आधा भाग ओगटेका महिलाहरू सामाजिक,आर्थिक विकासको महइभ्वपूर्ण सूचकका रूपमा रहेका छन् । त्यसैले नेपाली महिलाहरूकोसामाजिक तथा आर्थिक स्तर उठाउने विशेष प्रयास गर्नु आवश्यक छ । त्यही कुरालाईमनन गरी यस लेखमा महिलाहरूको आर्थिक, शैक्षिक, स्वास्थ्यय तथा राजनीतिकस्थितिको विश्लेषण गरिएको छ ।महिलावर्गको पूर्ण सहभागिताविना जुनसुकै देशको आर्थिक, सामाजिक,सांस्कृतिक, राजनीतिक एवं वातावरणीय विकास सम्भव देखिँदैन । मानव जीवन रथकादुई पाङ्ग्रामध्ये एक त महिलाहरू नै हुन् । महिलाको अभावमा सृष्टिको नियम सुचारु हुनसक्दैन । समाजमा पुरुषको दायित्व जति हुन्छ त्यत्तिकै दायित्व महिलाको पनि हुन्छ । तरपनि अधिकांश विकासशील देशहरूमा महिलाको भूमिकालाई कमजोर बनाइएको छ ।महिलाको प्रत्यक्ष वा परोक्ष सहयोगको अभावमा पुरुष अगाडि बढ्न सक्दैन भनेमहिलाको अनुपस्थितिमा सामाजिक जीवन चक्र पनि अघि बढ्न सक्दैन । त्यसैले गर्दासमाजमा लैङ्गिक विभेद देखिनु अनुपयुक्त हो । महिलाहरू परिवारको मात्र नभई समाज रराष्ट्र विकासको समेत एक महइभ्वपूर्ण अङ्ग हुन् त्यसैले विकासमा महिलाको भूमिका सहर्षस्वीकार गरिनु पर्दछ ।जुन देशमा पुरुष सरह महिलालाई पनि स्थान दिइएको हुन्छ, निश्चित रूपमैत्यस देशको आर्थिक तथा सामाजिक विकास राम्रो हुन्छ । विश्वका विकसित मुलुकहरूजहाँ शिक्षा एवम् चेतनाको विकास राम्रोसँग भएको छ त्यहाँ महिलाहरूको भूमिकापुरुषहरूको सरह स्वीकार गरेको पाइन्छ । अथवा महिला पुरुष समान गतिमा अगाडिबढिरहेका हुन्छन् । नेपाललगायत विश्वका धेरैजसो विकासशील देशहरूमा महिलाहरूकोअवस्था कमजोर मानिएको छ । विश्वका विकसित देशहरू, जस्तै– जापान, अमेरिका,बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया आदि देशमा महिलाहरूप्रति पुरुष सरह नै व्यवहारगरिएको छ । अथवा महिला पुरुष समान हुन् भन्ने मान्यतालाई सहर्ष स्वीकार गरिएको छ ।
Accelerating Research
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom
Address
John Eccles HouseRobert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom