z-logo
open-access-imgOpen Access
नेपालको महिला आन्दोलनको इतिहास र वर्तमान अवस्था Nepalko Mahila Andolanko Itihas ra Bartaman Awastha
Author(s) -
मीना Mina ओझा Ojha
Publication year - 2010
Publication title -
deleted journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v27i1-2.26403
Subject(s) - traditional medicine , medicine
महिलाले आफ्नो पहिचान र अधिकारको खोजी गर्न पाउनु नैसर्गिक अधिकार हो ।आफ्नो अधिकारसँगै गाँसिएको मौलिकता र मौलिकताको खोजी गर्ने अधिकारको सदुपयोगगर्न पाउन अर्को महइभ्वपूर्ण पक्ष हो । नेपाली महिलाले पनि आफ्नो नामका अगाडि वीर,वीरङ्गाना र विदुषी विशेषण अङ्कित गराउन सफलता प्राप्त गरेको प्रसङ्ग महिलाआन्दोलनबाट भएको इतिहासमा गौरवमय अध्यायको रूपमा अङ्कित रहेको छ । महिलाआन्दोलनको इतिहासले राष्ट्रले, राष्ट्रियता, सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमापु¥याएको योगदान महइभ्वपूर्ण मानिन्छ । खहरेको भेलमा एकै छिन उर्लिएर सुक्नुभन्दाविशाल सागरमा आफूलाई समाहित गर्नुको सार्थकता, औचित्य एवम् महइभ्व बेग्लै बन्दोछ । आशाका मधुरदीप जलाउँदै सम्भावनाका कठिन यात्रामा अगााडि हिँड्ने दमन रकुचेष्टाको जन्जिरलाई चुँडाल्दै अनन्त अधिकार र स्वतन्त्र विचार पोख्न कसैको आदेशलिइरहनु पर्दैन भन्ने अनुकरणीय उदाहरण बन्न सफल भएको छ नेपालको महिलाआन्दोलन । स्वतन्त्रता र समानता कुनै पनि मुलुकको उन्मुक्त यौवन हो र यसलाईविसङ्गगतिको पाङ्ग्रा बनाएर गुडाउने हो भने कहिल्यै उम्कन नसक्ने दलदलमा भासिन्छ ।नेपाली महिला आन्दोलन वर्तमान यगको जीवित उदाहरण हो । समय बदलिए पनि,राजनैतिक परिवर्तन भइरहे पनि वा सामाजिक मूल्य र मान्यता फेरिइरहे पनि नेपालीमहिलाहरूको यो आन्दोलन उल्लेख्य सहभागितामा चलि नै रहेको छ । यी सबैमामहिलाहरूकै उल्लेख्य सहभागिता देखिन्छ । यसबाट सिङ्गो नेपाली जनजीवनलाई विस्तारपूर्वकचियाउन सकिन्छ । विश्वको यस भूखण्डमा नेपाली महिलाको योगदान गर्वको विषय बनेकोछ । नेपालको पुरुषप्रधान समाजमा महिलाका हक–अधिकार घरभित्रै सीमित जस्तै पारिएकाछन् । विभिन्न आरोप लगाएर नारी अस्मितालाई धमिलो पार्ने दुस्साहस शिक्षित वर्गमा पनिप्रवृत्तिका रूपमा दिनपरदिन बढ्दो छ । हिंसा र विभेद अन्त्यका लागि शताब्दीयौँ अगाडिदेखिमहिलाले कुनै न कुनै माध्यमबाट आन्दोलन गर्दै आएका छन् । नेपालको महिला आन्दोलन,महिलाको रूपान्तरण, हक–अधिकार स्वतन्त्रता र सार्वभौमिकताको साथै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय गतिविधिबाट प्रभावित तथा संस्थागत रूपमा आबद्ध छ । प्रस्तुत लेख यसैविषयहरूसँग सम्बन्धित रही तयार पार्ने प्रयत्न भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom