z-logo
open-access-imgOpen Access
नेपालको महिला आन्दोलनको इतिहास र वर्तमान अवस्था Nepalko Mahila Andolanko Itihas ra Bartaman Awastha
Author(s) -
मीना Mina ओझा Ojha
Publication year - 2010
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-0916
DOI - 10.3126/tuj.v27i1-2.26403
Subject(s) - traditional medicine , medicine
महिलाले आफ्नो पहिचान र अधिकारको खोजी गर्न पाउनु नैसर्गिक अधिकार हो ।आफ्नो अधिकारसँगै गाँसिएको मौलिकता र मौलिकताको खोजी गर्ने अधिकारको सदुपयोगगर्न पाउन अर्को महइभ्वपूर्ण पक्ष हो । नेपाली महिलाले पनि आफ्नो नामका अगाडि वीर,वीरङ्गाना र विदुषी विशेषण अङ्कित गराउन सफलता प्राप्त गरेको प्रसङ्ग महिलाआन्दोलनबाट भएको इतिहासमा गौरवमय अध्यायको रूपमा अङ्कित रहेको छ । महिलाआन्दोलनको इतिहासले राष्ट्रले, राष्ट्रियता, सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमापु¥याएको योगदान महइभ्वपूर्ण मानिन्छ । खहरेको भेलमा एकै छिन उर्लिएर सुक्नुभन्दाविशाल सागरमा आफूलाई समाहित गर्नुको सार्थकता, औचित्य एवम् महइभ्व बेग्लै बन्दोछ । आशाका मधुरदीप जलाउँदै सम्भावनाका कठिन यात्रामा अगााडि हिँड्ने दमन रकुचेष्टाको जन्जिरलाई चुँडाल्दै अनन्त अधिकार र स्वतन्त्र विचार पोख्न कसैको आदेशलिइरहनु पर्दैन भन्ने अनुकरणीय उदाहरण बन्न सफल भएको छ नेपालको महिलाआन्दोलन । स्वतन्त्रता र समानता कुनै पनि मुलुकको उन्मुक्त यौवन हो र यसलाईविसङ्गगतिको पाङ्ग्रा बनाएर गुडाउने हो भने कहिल्यै उम्कन नसक्ने दलदलमा भासिन्छ ।नेपाली महिला आन्दोलन वर्तमान यगको जीवित उदाहरण हो । समय बदलिए पनि,राजनैतिक परिवर्तन भइरहे पनि वा सामाजिक मूल्य र मान्यता फेरिइरहे पनि नेपालीमहिलाहरूको यो आन्दोलन उल्लेख्य सहभागितामा चलि नै रहेको छ । यी सबैमामहिलाहरूकै उल्लेख्य सहभागिता देखिन्छ । यसबाट सिङ्गो नेपाली जनजीवनलाई विस्तारपूर्वकचियाउन सकिन्छ । विश्वको यस भूखण्डमा नेपाली महिलाको योगदान गर्वको विषय बनेकोछ । नेपालको पुरुषप्रधान समाजमा महिलाका हक–अधिकार घरभित्रै सीमित जस्तै पारिएकाछन् । विभिन्न आरोप लगाएर नारी अस्मितालाई धमिलो पार्ने दुस्साहस शिक्षित वर्गमा पनिप्रवृत्तिका रूपमा दिनपरदिन बढ्दो छ । हिंसा र विभेद अन्त्यका लागि शताब्दीयौँ अगाडिदेखिमहिलाले कुनै न कुनै माध्यमबाट आन्दोलन गर्दै आएका छन् । नेपालको महिला आन्दोलन,महिलाको रूपान्तरण, हक–अधिकार स्वतन्त्रता र सार्वभौमिकताको साथै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय गतिविधिबाट प्रभावित तथा संस्थागत रूपमा आबद्ध छ । प्रस्तुत लेख यसैविषयहरूसँग सम्बन्धित रही तयार पार्ने प्रयत्न भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here