
तबला वादन : कला, शैली तथा परम्परा [Tabala playing: Art, Style and Tradition]
Author(s) -
नगेन्द्रप्रसाद Nagendraprasad न्यौपाने Neupane
Publication year - 2021
Publication title -
sirjana
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2565-5086
DOI - 10.3126/sirjana.v5i1.39858
Subject(s) - style (visual arts) , art , aesthetics , psychology , visual arts
तबला वादनको परम्परा इस्वी संवत् सत्रौ“–अठारौ“ शताब्दीदेखि सुरु भएको मानिन्छ । विभिन्न कालखण्डका अनेकौ“ कलाकारको निरन्तर साधनाका तथा पिढीपछि पिढीका गुरु–शिष्य परम्पराको फलस्वरूप नै आज तबलामा विभिन्न छ ओटा ‘घराना’ अर्थात् ‘बाजशैली’ स्थापित हुन सकेको छ । तबला वादनको इतिहासका सन्दर्भमा विभिन्न विद्वान्हरूले आआप्mनै तर्क र विचार प्रस्तुत गरेका छन् । यसको इतिहासको अध्ययनका व्रmममा प्राचीन चित्र, अभिलेख तथा ग्रन्थहरूलाई पनि आधार मान्न सकिन्छ । तबलामा विभिन्नबाज अथवा शैलीका आआफ्नै विशेषताहरू छन् र तिनलाई अनुसरण गर्दै फरक फरक शैली र घरानाका तबलावादकहरूले अभ्यासगर्दै आएका छन् । तदनुरूप नै उनीहरूले आप्mना ज्ञान र सिपलाई विस्तार गर्दै आएका छन् । समयको क्रमसंगै तबला वादनको क्षेत्र परिष्कृत एवम् परिमार्जित हुदै गइरहेको छ ।