z-logo
open-access-imgOpen Access
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
Author(s) -
उषा Usha आचार्य Acharya
Publication year - 2021
Publication title -
siddhajyoti interdisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2717-4743
DOI - 10.3126/sij.v2i01.39253
Subject(s) - chemistry
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित, आवाजविहीन, सर्वहारा, गरिब, किनारीकृत समूह नै सबाल्टर्न समूह हुन् । सबाल्टर्न अध्ययन सांस्कृतिक अध्ययनको नवीन पद्धति हो । यसभित्र जुनसुकै प्रकारका विभेदका कारण किनारीकृत हुन पुगेका सबै शोषित वर्गलाई समेटिन्छ । यसले साहित्यमा अभिव्यक्त भएको सीमान्तीकृत समूहको स्थिति, प्रभुत्वशाली शक्ति र विचारधाराको खोजी गर्दछ । प्रस्तुत अध्ययनमा सबाल्टर्न सिद्धान्तका आधारमा इस्मालीकृत ‘हरिशरण रामको पुनरागमन’कथामा सबाल्टर्न वर्गको जातीय, धार्मिक र भौगोलिक अवस्था पहिचान गरिएको छ साथै कथामा देखिएको सबाल्टर्नको स्थान, प्रभुत्वशाली संस्कृति र प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । प्रस्तुत कथामा नेपालको महोत्तरी जिल्लामा रहेका चमार जातिलाई सबाल्टर्न वर्गका रूपमा चित्रण गरी उनीहरू अझै शक्तिको केन्द्रमा आउन नसकेको र प्रतिरोध गर्न नसकेको अवस्था प्रस्तुत गरिएको छ । कथामा प्रकट भएको विषयवस्तु र पात्र नेपालको तत्तत् क्षेत्रकाआज पनि सबाल्टर्न जीवन बाँचेको देखिन्छ । त्यसैले सबाल्टर्न वर्ग बुझ्न यस कथाको अध्ययन गर्नु उपयोगी देखिन्छ । प्रस्तुत कथामा पाठविश्लेषण विधिबाट प्रस्तुत कथाका पात्र जातीयताका साथै धार्मिक, भौगोलिक सबाल्टर्न पनि रहेका छन् र उनीहरू आवाजवीहीन रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom