z-logo
open-access-imgOpen Access
सार्वजनिक विद्यालयका शिक्षकहरूप्रति विद्यालय व्यवस्थापन समिति र विद्यार्थीको व्यवहार अध्ययन Saarbajanik Bidhyalayaka Shikshakharuprati bidhyalaya byabasthaapan samiti ra bidhyaarthiko byabahaar adhyayan
Author(s) -
भोलाप्रसाद Bhola Prasad साह Sah,
दावा Dawa शेर्पा Sherpa
Publication year - 2021
Publication title -
siddhajyoti interdisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2717-4743
DOI - 10.3126/sij.v2i01.39252
Subject(s) - mathematics
यस अध्ययनको मुख्य उद्देश्य सार्वजनिक विद्यालयका शिक्षकप्रति विद्यालय व्यवस्थापन समिति र विद्यार्थीकाव्यवहारको अध्ययन गर्नु रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेख सप्तरी जिल्लाको खडक नगरपालिकामा रहेका २ ओटा माध्यमिक विद्यालयहरूमा केन्द्रित छ । उद्देश्यमूलक नमुना छनोट विधिद्वारा २ जना प्रधानाध्यापक, २ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, २ जना अभिभावक, ४ जना शिक्षक र २ जना छात्र सहभागीका रूपमा लिइएका छन् । सहभागीहरूसँग अन्तरवार्ता छलफल र प्रश्नावलीद्वारा आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । अन्तरवार्तालाई टान्सक्राइब गरेर कोड निर्माण गरिएको छ । कोडका आधारमा थेमको निर्माणगरी थेमाटिक विश्लेषण गरिएको छ । अध्ययनअनुसार प्रधानाध्यापक र सहकर्मी शिक्षकहरूको एक आपसमा व्यवहार सद्भावपूर्ण रहेको पाइयो । साथै सामूहिक प्रयास, समन्वय र सहकार्यमा विद्यालयका योजना निर्माण, निर्णय रसमस्याहरू समाधान गर्ने गरेको पाइयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निरीक्षकहरूले शिक्षकहरूसँग प्रजातान्त्रिक व्यवहार अवलम्बन गरेका साथै अभिभावक र विद्यार्थीहरूले पनि सकारात्मक व्यवहार गरेको पाइयो तर शिक्षण पेसाको गरिमा र प्रतिष्ठा दिनानुदिन घट्दै गएको अवस्थामा विद्यालयमा शिक्षकप्रति गरिने व्यवहार थप सम्मानजनक, सबल र समृद्ध बनाउन पेसागत र विषयगत रूपमा दक्ष, योग्य शिक्षक शिक्षण पेसामा प्रवेश गराउन शिक्षक नियुक्तिका स्पष्ट आधारहरूको निर्माण र कार्यान्वयन, विद्यालय तथा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त क्षेत्र, पेसामा संलग्नहरूका लागि आर्थिक स्वतन्त्रताको अवस्था सृजना हुने किसिमका नीतिगत व्यवस्था गर्न आवश्यक रहेको देखिन्छ। शिक्षकहरूप्रति सद्भाव र विश्वासको वातावरण निर्माण गर्नका लागि शिक्षकहरू विषयगत रूपमा दक्ष, लगनशील र जिम्मेवार भई आफ्नो पेसामा समर्पित हुन सकेमा सरोकारवालाहरूले शिक्षकलाई गर्ने व्यवहारमा सकार ात्मक दृष्टिकोणको विकास गर्न सघाउ पु¥याउने देखिन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom