z-logo
open-access-imgOpen Access
‘मैनबत्तीको शिखा’ कवितामा लयविधान 'Mainbattiko Shikhaa' Kabitaamaa layabidhaan
Author(s) -
कमला Kamala रेग्मी Regmi
Publication year - 2021
Publication title -
siddhajyoti interdisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2717-4743
DOI - 10.3126/sij.v2i01.39247
Subject(s) - history
लेखसार साहित्यका गद्य र पद्य विधामध्ये कविता पद्य विधा भएकाले यसमा लयविधानले विशेष महŒव राख्छ विशेष महŒव राख्छ । गद्य कवितामा पनि लयात्मक सुगठनले भाव र कविताको बाह्य बनोटलाई कसिलो बनाएको हुन्छ । साहित्यका विधा शिक्षणमा गद्य या पद्य दुवै प्रकृतिका कविताभित्रको लयविधानलाई केलाइनु आवश्यक हुन्छ । अध्ययनका लागि छनोट गरिएको कवि भूपी शेरचनको ‘मैनबत्तीको शिखा’ कविताभित्रको अन्तर्लयमा काव्य सुगठनको कसिलो संरचना छ । भावगत बिम्बात्मक पक्ष र संरचनागत बाह्य पक्षमा यो कविताभित्र कविले शब्द तथा पङ्क्तिलाई पुनरावृत्ति गरेका छन् । कवितामा प्रयुक्त पङ्क्ति विन्यास, शब्द वा पदावली वा हरफको आवृत्ति र समानान्तरता, अनुप्रास, भाषिक विचलन, विशिष्ट शब्दको प्रयोग र चिन्ह प्रयोगलाई यस अध्ययनमा समावेश गरिएको छ । कविताभित्रकै विधागत गहिराइमा रहेर रूपपरक विश्लेषण अनुरूप लेखनको विशिष्ट पक्षलाई यस अध्ययनमा केलाइएको छ । गुणात्मक अध्ययन विधिमा आधारित रहेर गरिएको यो अनुसन्धान कृतिपरक विश्लेषणमा आधारित छ । यस अध्ययनमा कविताभित्रको अन्तर्लयलाई केलाएर बिम्ब र त्यसको शिल्प पक्षलाई हेर्न सकिने मूल आधारलाई निक्र्योल गरिएको छ । कविता विधाको ताŒिवक सुगठन अन्तर्गत आन्तरिक र बाह्य बनोटसँग सम्बन्ध राख्ने लयविधानलाई अध्ययनको केन्द्रीय आधार बनाइएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom