z-logo
open-access-imgOpen Access
भाषा शिक्षकको पेसागत उन्नयनमा व्यक्तिगत जिम्मेवारी Bhasha Shikshakko Peshagat Unnayanma Byaktigat Jimmebari
Author(s) -
सुरेन्द्र Surendra कुमार Kumar बम Bam
Publication year - 2020
Publication title -
siddhajyoti interdisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2717-4743
DOI - 10.3126/sij.v1i0.35144
Subject(s) - philosophy
शिक्षकलाई शिक्षा क्षेत्रको महत्वपूर्ण र जिम्मेवार व्यक्ति मानिन्छ । शिक्षकको पेसागत उन्नयनको प्रत्यक्ष सम्बन्ध विद्यार्थीको सिकाइसँग हुन्छ । पेसागत रूपमा सम्बन्धित क्षेत्रको व्यवसायिक दक्षता, कार्यकुशलता एवम ् विशेषज्ञता प्राप्त शिक्षकल े मात्र विद्यार्थीमा अपेक्षित परिणाम हासिल गराउन सक्छन ् । निरन्तर अध्ययन, अनुसन्धान र अनुभवबाट पेसागत विज्ञता हासिल हुन्छ । प्रस्तु त अध्ययन भाषा शिक्षकको पेसागत उन्नयनमा व्यक्तिगत जिम्मेवारी पहिचानमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा वर्णनात्मक एवम ् विश्लेषणात्मक विधिको प्रयोग गरी पुस्तकालयीय अध्ययन प्रक्रियाका माध्यमबाट आवश्यक सामग्री सङ ् कलन गरिएको छ । पेसागत विकास राम्रो, उत्कृष्ट र विशेषज्ञ शिक्षक बन्ने प्रक्रिया हो । यसका लागि मूलतः नीति निर्माण गर्ने जिम्मेवारी सरकारको र प्रभावकारी कार्यान्वयनको लागि उपयुक्त वातावरण निर्माण गर्ने, समन्वय र सहजीकरण गर्ने जिम्मेवारी शैक्षिक संस्थाको हुन्छ भने आवश्यक सक्षमता हासिल गरेर सफल कार्यान्वयन गर्ने जिम्मेवारी शिक्षकको हुन्छ । सम्बन्धित विषयवस्तु, शिक्षणका तौरतरिका, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, स ू चना तथा प्रविधिको गहन र अद्यावधिक ज्ञान, सिकारुको ज्ञान, पेसागत आचार संहिता, निरन्तर अध्ययन, अनुसन्धान, लेखन तथा प्रकाशन, प्राप्त ज्ञानको इमान्दार प्रयोग शिक्षकको व्यक्तिगत जिम्मेवारी अन्तर्गत पर्दछन ् । प्रस्तुत लेखमा पेसागत उन्नयनका लागि शिक्षक सक्षमता र त्यसको जिम्मेवार पक्षका सन्दर्भमा भाषा शिक्षकका व्यक्तिगत जिम्मेवारीहरूको चर्चा गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom