z-logo
open-access-imgOpen Access
‘बसाइँ’ उपन्यासमा रसविधान 'Basain' Upanyasma Rasabidhan
Author(s) -
बाबुराम Baburam ओझा Ojha
Publication year - 2020
Publication title -
rupantaran a multidisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v4i1.34221
Subject(s) - geography
प्रस्तुत लेख ‘बसाइँ’ उपन्यासमा रहेको रसविधानको अध्ययनमा केन्द्रित रहेको छ । पूर्वीय काव्य परम्परामारसलाई महइभ्वपूर्ण काव्यतइभ्वका रूपमा हेरिएको छ । साहित्यमा रसले काव्य सौन्दर्यबाट प्राप्त आनन्दकोअनुभूतिलाई बुझाउँछ । यहाँ रस सामग्रीका आधारमा बसाइँ उपन्यासको विश्लेषण गरी उपन्यासमा रहेको अङ्गीरस र अङ्ग रसको पहिचान तथा त्यसको प्रभावको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यस लेखका लागिसामग्री सङ्कलन गर्न विशेषतः पुस्तकालयीय विधिको प्रयोग गरिएको छ । विश्लेषणका लागि लिइएको ‘बसाइँ’उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा र रससम्बन्धी सैद्धान्तिक पक्ष समेटिएका सामग्रीलाई द्वितीयक सामग्रीकारूपमा लिइएको छ । रसवादको स्थापित मान्यताका आधार बसाइँ उपन्यासको अध्ययन गरिएको हुनाले यहाँसामग्री विश्लेषणका लागि निगमन विधिको प्रयोग गरिएको छ भने र लेख प्रस्तुतीकरणमा मूलतः वर्णनात्मकविधि अवलम्बित छ । बसाइँ उपन्यासमा मुख्य वा अङ्गी रसका रूपमा करुण रस उत्पन्न हुन्छ र अङ्ग रसकारूपमा शृङ्गार रस जागृत हुन्छ । करुण रसको अभिव्यक्तिका लागि यहाँ शोक वा पीडालाई उद्दीप्त गराउनेकार्य गरिबी र त्यसका चपेटामा पिल्सिएको धने बस्नेतको परिवार आलम्बन विभावका रूपमा छन् र गरिबीलाईउकास्ने काम साहुको चर्को व्याजसहितको ऋणको भार र कूटनीति तथा हेपाइ जस्ता उद्दीपन विभावले गरेकाछन् । उपन्यासमा रहेको दुःखद परिस्थितिको साधारणीकरण भई पाठकले करुण रसको आस्वादन गर्छ । अतः यहाँकरुण रस परिपाकपूर्ण अवस्थामा देखापर्छ भन्ने निष्कर्ष निकालिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom