z-logo
open-access-imgOpen Access
मनकोइला रानी गाथामा वैचारिकता Mankoila Rani Gathama Baicharikata
Author(s) -
ईश्वरा Ishwara पौडेल poudel
Publication year - 2020
Publication title -
rupantaran a multidisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v4i1.34217
Subject(s) - business
प्रस्तुत आलेख‘मनकोइला रानी’गाथाका वैचारिक विश्लेषणमा आधारित छ । वैचारिकता क्षणमा आधारित युगकोविचार बोक्ने वैचारिक चिन्तन हो । यसले समाजका विचार, मूल्यमान्यता, नीतिनियम, संस्कार,संस्कृतिकोस्वीकृतिमूलक अध्ययन गर्छ । यो सांस्कृतिक अध्ययनको आधारशीला हो । यहाँ एच.ए.तेनको समाजपरकअध्ययनको जाति, पर्यावरण र क्षणमध्ये क्षणकेन्द्रित मान्यताका आधारमा ‘मनकोइला रानी’ गाथामार्फत् तत्कालीननेपाली समाजका विचार रसामाजिक मूल्यमान्यताको अध्ययन गरी तथ्यपरक निष्कर्षमा पुग्ने प्रयास गरिएकोछ । यस लेखका लागि सामग्री सङ्कलन गर्न पुस्तकालयीय विधि, सामग्री विश्लेषणका लागि निगमन विधि रलेख प्रस्तुतीकरणमा वर्णनात्मक विधि अवलम्बन गरिएको छ । यहाँ वर्णनात्मक विधिको प्रयोग गरी गाथामापाइने तथ्यका आधारमा समाजमा वर्ग, लिङ्ग, धर्म र संस्कृतिको कारणले बनेका सामाजिक विचारहरूकोविश्लेषण गरिएको छ । तत्कालीन समाजको उच्च वर्गीय वर्गगत विचार, लिङ्गगत, धार्मिक र सांस्कृतिकविचारका कारण निम्न वर्ग, नारीहरू, गैह्रहिन्दूहरू अल्पसङ्ख्यक बन्न वाध्य छन् । उनीहरूले सामाजिक र दैनिकगतिविधि, सामाजिक कार्यमा उच्च शक्तिले नियन्त्रण गरेको विचारमा आधारित रहेको छ । यस्तो सामाजिकनियन्त्रणमा उच्च वर्ग, पितृसत्ता र हिन्दू धार्मिक तथा सांस्कृतिक विचार र यिनका आधारमा निर्मित सामाजिकनियमको प्रमुख भूमिका रहेको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom