z-logo
open-access-imgOpen Access
अष्टाध्यायीको सेरोफेरोमा नेपाली व्याकरण Ashtadhyayiko Seroferoma Nepali Byakaran
Author(s) -
मीनप्रसाद Minprasad अधिकारी Adhikari
Publication year - 2020
Publication title -
rūpāntaraṇa/rupantaran
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v3i0.31818
Subject(s) - nepali , philosophy , linguistics
व्याकरणकार पाणिनि उत्तर वैदिक भाषाका चिन्तक हुन् । उनले लौकिक संस्कृतलाई आधार मानेर व्याकरण ग्रन्थ रचना गरी वैदिक संस्कृतको रूपसिद्धि प्रक्रियालाई पनि समेट्ने प्रयास गरेका छन् । पाणिनीय व्याकरण परम्परामा पाणिनि, कात्यायन र पतञ्जलीलाई मुनित्रयका नामले सम्बोधन गरिन्छ । यसको अर्थ हुन्छ – पाणिनीय व्याकरणको परिपूर्णतामा यी तिन मुनिको संयुक्त योगदान रहेको छ । पाणिनीय व्याकरणको प्रादुर्भावपछि अधिकांश व्याकरण सम्प्रदाय या त लुप्त भएका छन् या पाणिनीय व्याकरणको प्रभावमा सीमित रहेका छन् । पाणिनि संस्कृत व्याकरण परम्पराका शिखर व्यक्तित्व हुन् । पाणिनिले सूत्र शैलीमा अष्टाध्यायीको रचना गरेका छन् । यसमा आठ अध्याय छन् र प्रत्येक अध्यायमा चार पाउ गरी जम्मा ३२ खण्ड खन् । अष्टाध्यायीमा माहेश्वर सूत्र (शिव सूत्र) समेत गरी ३९९७ सूत्र छन् । पाणिनिको व्याकरणमा संस्कृतका वैदिक र लौकिक दुवै भेदको वर्णन पाइन्छ । पाणिनिले धेरै सूत्रमा भाषयाम् भनेको र बोलचालमा मात्र उपयोगी प्रत्यभिवादे शुद्रे इत्यादि सूत्र रचना गरेकाले उनका समयमा संस्कृत लोकमा बोलचालको भाषा थियो भन्ने ज्ञात हुन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here