z-logo
open-access-imgOpen Access
अष्टाध्यायीको सेरोफेरोमा नेपाली व्याकरण Ashtadhyayiko Seroferoma Nepali Byakaran
Author(s) -
मीनप्रसाद Minprasad अधिकारी Adhikari
Publication year - 2020
Publication title -
rupantaran a multidisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v3i0.31818
Subject(s) - nepali , philosophy , linguistics
व्याकरणकार पाणिनि उत्तर वैदिक भाषाका चिन्तक हुन् । उनले लौकिक संस्कृतलाई आधार मानेर व्याकरण ग्रन्थ रचना गरी वैदिक संस्कृतको रूपसिद्धि प्रक्रियालाई पनि समेट्ने प्रयास गरेका छन् । पाणिनीय व्याकरण परम्परामा पाणिनि, कात्यायन र पतञ्जलीलाई मुनित्रयका नामले सम्बोधन गरिन्छ । यसको अर्थ हुन्छ – पाणिनीय व्याकरणको परिपूर्णतामा यी तिन मुनिको संयुक्त योगदान रहेको छ । पाणिनीय व्याकरणको प्रादुर्भावपछि अधिकांश व्याकरण सम्प्रदाय या त लुप्त भएका छन् या पाणिनीय व्याकरणको प्रभावमा सीमित रहेका छन् । पाणिनि संस्कृत व्याकरण परम्पराका शिखर व्यक्तित्व हुन् । पाणिनिले सूत्र शैलीमा अष्टाध्यायीको रचना गरेका छन् । यसमा आठ अध्याय छन् र प्रत्येक अध्यायमा चार पाउ गरी जम्मा ३२ खण्ड खन् । अष्टाध्यायीमा माहेश्वर सूत्र (शिव सूत्र) समेत गरी ३९९७ सूत्र छन् । पाणिनिको व्याकरणमा संस्कृतका वैदिक र लौकिक दुवै भेदको वर्णन पाइन्छ । पाणिनिले धेरै सूत्रमा भाषयाम् भनेको र बोलचालमा मात्र उपयोगी प्रत्यभिवादे शुद्रे इत्यादि सूत्र रचना गरेकाले उनका समयमा संस्कृत लोकमा बोलचालको भाषा थियो भन्ने ज्ञात हुन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom