z-logo
open-access-imgOpen Access
शिक्षामा गुरुवा आचार्यको महत्ताः यज्ञवल्क्य स्मृतिको सन्दर्भ Shikshyama Guruba Acharyako Mahatta: Yagyabalkya Smritiko Sandarbha
Author(s) -
जनार्दन Janardan घिमिरे Ghimire
Publication year - 2020
Publication title -
rupantaran a multidisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v3i0.31807
Subject(s) - philosophy
पूर्वीय चिन्तनमा स्मृति ग्रन्थहरू श्रुति ग्रन्थहरूपछि विकास भएका हुन् । मनुस्मृतिपछि विकास भएको याज्ञवल्क्य स्मृतिमा तत्कालीन समाजका व्यवस्थापन सम्बन्धी नीति तथा आचरण शास्त्रीय विषयवस्तुहरूसमेटिएका छन् । के यस्ता पुराना ग्रन्थहरूमा यस जमानामा काम लाग्ने विषय हुन सक्लान् ? “उहिलेका कुरा खुइले” भन्ने उखान सार्थक हुने हो या “इमि ष्क नयमि” भन्ने उखान सार्थक हुने भन्ने मानसिक द्वन्द्वले यो लेखका लागि उत्प्रेरित गयो । यो लेखको मुख्य उद्देश्य याज्ञवल्क्य स्मृतिमा निहित गुरु सम्बन्धी विषयवस्तुको विश्लेषण गर्न‘ छ । याज्ञवल्क्य स्मृतिमा गुरुको भूमिकालाई कसरी व्याख्या गरिएको छ ? भन्ने अनुसन्धान प्रश्नको उत्तर यस लेखमा समेटिएको छ । यो लेख तयार गर्न गरिएको अध्ययनको ढाँचा व्याख्यात्मक छ । नौ चरणीय पढाइ र हर्मेन्युटिक्स ९जभचmभलभगतष्अक० विधिको प्रयोग गरी यो अध्ययन सम्पन्न गरिएको छ । याज्ञवल्क्य स्मृतिका आधिकारिक व्याख्याहरूको अध्ययन गरी अर्थ निर्माण ९ःभबलष्लन mबपष्लन० गरिएको छ । यस स्मृतिले मातालाई सर्वाधिक श्रेष्ठ गुरुको रूपमा चित्रण गरेको छ । गुरु, आचार्य र उपाध्याय क्रमशः उच्चदेखि न्यून दर्जाका अध्यापकहरू हुन् । गुरू र आचार्य स्वयंसेवी अध्यापक हुन् भने उपाध्याय वेतन भोगी शिक्षक हुन् । ऋत्विज् (यज्ञगराउने व्यक्ति) लाई पनि स्मृतिले सम्मानित स्थान प्रदान गरेको छ । आमा, आचार्य, उपाध्याय र ऋत्विज क्रमशः उच्चदेखि न्यून क्रमको सम्मान प्राप्त गर्ने व्यक्तित्व हुन् । यी गुरुका रूपमा अवस्थित व्यक्तित्वहरू आदरणीय,भक्ति र सम्मानयोग्य, कल्याण दायक र महान् हुन्छन् । गुरुप्रति ईष्र्या, द्वेष, मिथ्या आरोप र क्रोध गर्ने व्यक्ति ब्रह्महत्या समानको पापको भागी हुनजान्छ । व्यक्ति तथा समाजलाई सत्मार्गमा लाग्न उत्प्रेरित गर्ने यस्ता ग्रन्थहरू हराउने खतरामा रहेकाले यिनको संरक्षण र यीमाथिको अध्ययन अनुसन्धानमा अपेक्षित छ । 

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom