z-logo
open-access-imgOpen Access
शिक्षामा गुरुवा आचार्यको महत्ताः यज्ञवल्क्य स्मृतिको सन्दर्भ Shikshyama Guruba Acharyako Mahatta: Yagyabalkya Smritiko Sandarbha
Author(s) -
जनार्दन Janardan घिमिरे Ghimire
Publication year - 2020
Publication title -
rūpāntaraṇa/rupantaran
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v3i0.31807
Subject(s) - philosophy
पूर्वीय चिन्तनमा स्मृति ग्रन्थहरू श्रुति ग्रन्थहरूपछि विकास भएका हुन् । मनुस्मृतिपछि विकास भएको याज्ञवल्क्य स्मृतिमा तत्कालीन समाजका व्यवस्थापन सम्बन्धी नीति तथा आचरण शास्त्रीय विषयवस्तुहरूसमेटिएका छन् । के यस्ता पुराना ग्रन्थहरूमा यस जमानामा काम लाग्ने विषय हुन सक्लान् ? “उहिलेका कुरा खुइले” भन्ने उखान सार्थक हुने हो या “इमि ष्क नयमि” भन्ने उखान सार्थक हुने भन्ने मानसिक द्वन्द्वले यो लेखका लागि उत्प्रेरित गयो । यो लेखको मुख्य उद्देश्य याज्ञवल्क्य स्मृतिमा निहित गुरु सम्बन्धी विषयवस्तुको विश्लेषण गर्न‘ छ । याज्ञवल्क्य स्मृतिमा गुरुको भूमिकालाई कसरी व्याख्या गरिएको छ ? भन्ने अनुसन्धान प्रश्नको उत्तर यस लेखमा समेटिएको छ । यो लेख तयार गर्न गरिएको अध्ययनको ढाँचा व्याख्यात्मक छ । नौ चरणीय पढाइ र हर्मेन्युटिक्स ९जभचmभलभगतष्अक० विधिको प्रयोग गरी यो अध्ययन सम्पन्न गरिएको छ । याज्ञवल्क्य स्मृतिका आधिकारिक व्याख्याहरूको अध्ययन गरी अर्थ निर्माण ९ःभबलष्लन mबपष्लन० गरिएको छ । यस स्मृतिले मातालाई सर्वाधिक श्रेष्ठ गुरुको रूपमा चित्रण गरेको छ । गुरु, आचार्य र उपाध्याय क्रमशः उच्चदेखि न्यून दर्जाका अध्यापकहरू हुन् । गुरू र आचार्य स्वयंसेवी अध्यापक हुन् भने उपाध्याय वेतन भोगी शिक्षक हुन् । ऋत्विज् (यज्ञगराउने व्यक्ति) लाई पनि स्मृतिले सम्मानित स्थान प्रदान गरेको छ । आमा, आचार्य, उपाध्याय र ऋत्विज क्रमशः उच्चदेखि न्यून क्रमको सम्मान प्राप्त गर्ने व्यक्तित्व हुन् । यी गुरुका रूपमा अवस्थित व्यक्तित्वहरू आदरणीय,भक्ति र सम्मानयोग्य, कल्याण दायक र महान् हुन्छन् । गुरुप्रति ईष्र्या, द्वेष, मिथ्या आरोप र क्रोध गर्ने व्यक्ति ब्रह्महत्या समानको पापको भागी हुनजान्छ । व्यक्ति तथा समाजलाई सत्मार्गमा लाग्न उत्प्रेरित गर्ने यस्ता ग्रन्थहरू हराउने खतरामा रहेकाले यिनको संरक्षण र यीमाथिको अध्ययन अनुसन्धानमा अपेक्षित छ । 

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here