z-logo
open-access-imgOpen Access
‘दलबहादुर’ खण्डकाव्यमा अलङ्कारविधान 'Dalbahadur' Khandakavyama Alankarbidhan
Author(s) -
कृष्णगोविन्द Krishnagovinda अधिकारी Adhikari
Publication year - 2020
Publication title -
rupantaran a multidisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v3i0.31806
Subject(s) - geology
‘दलबहादुर’ खण्डकाव्यका खण्डकाव्यकार कृष्णप्रसाद वस्ती हुन् । उनको ‘दलबहादुर’ खण्डकाव्य र सो काव्यमा विधान गरिएका प्रमुख अलङ्कारहरूलाई चिनाउने उद्देश्यका साथ तयार पारिएको प्रस्तुत लेखकोशीर्षक ‘वस्ती गुरुको ‘दलबहादुर’ खण्डकाव्यमा अलङ्कारविधान हो’ । वस्ती गुरुको जीवनी व्यक्तित्व, कृतित्व तथा पूर्वीय समालोचना पद्धतिको एक प्रमुख सम्प्रदाय अलङ्कारवाद अनुरूप ‘दलबहादुर’ खण्डकाव्यमा के कस्ता अलङ्कारहरूको विधान गरिएको छ । त्यसका लागि अध्ययन गरिएका सामग्रीहरूमा उनकै स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ र त्यही ग्रन्थमा समेटिएको ‘दलबहादुर’ खण्डकाव्य र त्यसको पृष्ठभूमि, लेखहरू, समालोचनात्मक पुस्तक, शब्दकोशादि प्रमुख हुन् । यस लेखमा खण्डकाव्यकारको सङ्क्षिप्त जीवनी, कृतिको विवरण, ‘दलबहादुर’ खण्डकाव्यको कथावस्तु, वशेषता र अलङ्कारको परिचय सहित यस काव्यमा विधान गरिएका १९ ओटा अलङ्कारको सलक्षण विश्लेषणत्मक अध्ययन गरिएको छ । यस अध्ययनबाट पूर्वीय काव्यशास्त्र अन्तर्गतको अलङ्कार सिद्धान्तको प्रयोगात्मक पक्षलाई नेपाली भाषामा कविता रचना गर्ने कविहरूले कसरी त्यसको विधान गर्दारहेछन् भन्ने अध्ययन गर्न खोजिएको छ । यसरी हेर्दा कविहरूले अलङ्कार प्रस्तुतिकै लागि कविताकाव्यको रचना गर्दा रहेछन् कि कविताकाव्य रचना गर्दै जाँदा अलङ्कारको आयोजना स्वतःस्पूmर्त रूपमा हुँदै जाँदोरहेछ भन्ने कुरा हेरिएको छ । यसरी हेर्दा कवि वस्ती आलङ्कार प्रस्तुतिका लागि कविता लेख्ने कवि होइन रहेछन् । बरु उनले कविताकाव्य रचना गर्दैजाँदा अलङ्कारहरूको विधान स्वतः हुँदै जाँदो रहेछ भन्ने कुरा देखिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom