z-logo
open-access-imgOpen Access
‘नैकापे सर्किनी’ कथामा शक्तिसम्बन्ध "Naikape Sarkini" Kathama Shaktisambandha
Author(s) -
ईश्वरा Ishwara पौडेल Poudel
Publication year - 2020
Publication title -
rupantaran a multidisciplinary journal
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2738-9960
pISSN - 2091-0061
DOI - 10.3126/rupantaran.v3i0.31805
Subject(s) - computer science
प्रस्तुत आलेख पारिजातको ‘नैकापे सर्किनी’ कथामा निहित शक्तिसम्बन्ध विश्लेषण गर्न केन्द्रित छ ।पाश्चात्य क्षेत्रमा विकसित साांस्कृतिक अध्ययनको अन्तर्गतको सीमान्तीयतासम्बन्धी चिन्तनमा शक्तिसम्बन्धकोअवधारणालाई महइभ्वका साथ हेरिन्छ । साहित्यमा यो नवीन समालोचना पद्धतिका रूपमा विकसित छ । अन्तोनियोग्राम्सीले प्रभुत्वसम्बन्धी मान्यताको परिचर्चाका क्रममा अघि सारेको शक्ति सम्बन्धको अवधारणा फुकोलगायतकाविद्वान्को विचारबाट परिपोषित छ । समाजमा अस्तित्वमा रहेका विभिन्न वर्ग, जाति, लिङ्ग, धर्म, संस्कृति तथाक्षेत्रीयताका बीचमा शक्तिको के कस्तो सम्बन्ध रहेको छ भन्ने कुरालाई शक्तिसम्बन्ध भनिन्छ । यस आलेखमाशक्तिसम्बन्ध सम्बन्धी मान्यताका आधारमा ‘नैकापे सर्किनी’ कथाको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।मुख्यतः शक्तिसम्बन्धका वर्ग, धर्म, जाति र संस्कृति जस्ता सैद्धान्तिक आधारमा पाठ विश्लेषणात्मक पद्धतिकोअनुसरण गरिएको यो गुणात्मक लेखमा विवेच्य कथामा प्रयुक्त कथ्य र सहभागीको अवस्था र समाजमा रहेकोशक्तिसंरचना र विभिन्न वर्गको हैसियतको विश्लेषण गरिएको छ । मूलतः पुस्तकालयीय विधिका आधारमा तथ्यकोसङ्कलन गरेर निर्धारित कथाको विषयविश्लेषण गरिएको यो लेख शक्ति सम्बन्धका विषयमा खोज गर्ने अनुवर्तीखोजकर्ताका लागि उपयोगी हुन जान्छ । ‘नैकापे सर्किनी’ कथामा वर्गीय रूपमा उच्च वर्ग र माथिल्लो भनिएकाजातिले समाजमा प्राप्त भएको सम्पूर्ण शक्तिको उपभोग गरेको तर निम्न वर्ग र तल्लो मानिएका जाति यसबाटपूण वञ्चित भएको स्पष्ट हुन्छ । लैङ्गिक रूपमा पुरुष हैकमका कारण नारीहरू शक्तिहीन र अधीनस्थ बनेकाछन् । सांस्कृतिक दृष्टिमा कथामा चित्रित समाजमा उच्च संस्कृतिको दवदवा रहेको र निम्न संस्कृति नियन्त्रितभएको छ । यसर्थ ‘नैकापे सर्किनी’ कथामा उच्च वर्ग, पुरुष सत्ता र उच्च संस्कृति र यसका मान्यताहरूको सत्ताकायम भएको हुनाले शक्ति उनीहरूको केद्रित रहेको र निम्न वर्ग, नारी समूह र निम्न संस्कृति नियन्त्रित रअधीनस्थ बनेको स्पष्ट हुन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom