z-logo
open-access-imgOpen Access
धरवचनदर गतमक उपनयसम मथकय सनदरभसर Dhurvachandra Gautamka Upanyasma Mithkiya Sandharbhasar
Author(s) -
महेन्द्रकुमार Mahendrabahadur मल्ल Malla
Publication year - 2020
Publication title -
patan pragya
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2594-3278
DOI - 10.3126/pragya.v6i1.34437
Subject(s) - geology
अङ्ग्रेजी शब्द ‘मिथ’ ९ःथतज० को नेपाली रूपान्तरण ‘मिथक’ हो । साहित्यमा मिथक विषयको स्रोत बनेर आएको हुन्छ । अभिव्यक्तिलाई प्रखर र तीक्ष्ण बनाउन प्रयोगमा आउने मिथक आधुनिक साहित्यमा नयाँ मूल्यवत्ताका साथ प्रकट भएको हुन्छ । ध्रुवचन्द्र गौतमका दर्जनौँ उपन्यासहरूमध्ये ‘अलिखित’ र ‘भीमसेन–४ को खोजी’ उपन्यासमाआंशिक मिथकको उपयोग गरिएको छ र औपन्यासिक उद्देश्यलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ । ‘अलिखित’ उपन्यासमा गरिबी, रोग, अभाव, अशिक्षाले ग्रस्त विरहिनपुर बरेवा गाउँ दुर्योधनले जीवनको अन्तिम अवस्थामा मणि– माणिक्य, सुन–चाँदी आदि धनसम्पत्ति दोरहन्तल तालमा छाडेर गएकोले त्यसैको विश्वास, प्राप्तिको आशा, लोभसँगालेर बाँचेको छ । शासकीय शोषण,व्रूmरता, असमानताबाट आव्रmान्त बरेवाबासी महाभारतकालीन मिथकका रूपमा आएको दोरहन्तल तालको किंवदन्तीमा लुकाइएको धनसम्पत्तिको लोभ र आशामा जीवन बिताइदिएको बरेवाको निर्मम यथार्थको चित्रणबाट सिङ्गो देशको यथार्थलाई अभिव्यक्त गर्न उपन्यासको मिथक सफल भएको छ । त्यसैगरी‘भीमसेनको–४ को खोजी’ उपन्यासमा पनि गरिबी, अभाव, शोषण, विभेद, व्रूmरता र अवसरवादिताले आव्रmान्त समाज चित्रणका लागि उपन्यासकारले महाभारतको मिथकमा रहेको एकचव्रmा नगरीलाई आधार बनाएका छन् । मिथकको एकचव्रmा नगरीमा तर्कासुर नामक व्रूmर, अत्याचारी शासकले शासन गरेको छ । उसले एकचव्रmालाई लुटको स्वर्ग बनाएको छ । गरिबी, अभाव, रोग, भोक, असमानता नियति बनेको त्यस शासनमा चाकडीबाजको र अवसरवादको ठूलो स्थान छ । यतिसम्म कि कुनै आयोगको सदस्य चौपायालाई बनाइएको छ । यसको मतलब विवेक नभएका र चाकडीबाजहरूको बिगबिगी छ । तर्कासुर जनतालाई मनोरञ्जनको साधन ठान्छ र कहिलेकाहीँ नारा जुलुस गर्नलगाउँछ । शोषित–पीडित जनता जसरी मिथकका भीमसेनले तर्कासुरलाई मारेर अन्याय र शोषणको अन्त्य गरेका थिए, त्यसैगरी भीमसेन–४ को खोजीमा लागेको देखाइएको छ । यसमार्फत प्रजातन्त्रोत्तर समकालीन नेपाली शासन र शासक पनि तर्कासुर जस्तै भ्रष्ट, शोषक र उत्पीडक, चाकडीमा रमाउने, जनतालाई केवल भोटबैंक मात्र ठान्ने तर्कासुर जस्तैभएकाले कुशल शासक आवश्यक छ वा आउनु पर्छ भन्ने औपन्यासिक कथ्य अभिव्यक्त भएको छ । त्यसैले ‘अलिखित’ र ‘भीमसेन–४ को खोजी’ दुवै उपन्यास मिथकीय सन्दर्भहरूको माध्यमबाट उपन्यासको विषयलाई तीक्ष्ण र प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएका छन् ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom