z-logo
open-access-imgOpen Access
त्रिभुवन विश्वविद्यालयमा शैक्षिक उपलब्धि : बुटवल बहुमुखी क्याम्पस स्वास्थ्य शिक्षा ५१८ विषयको एक अध्ययन एवं विश्लेषण Tribhuvan Vishwavidhyalayama Shaikshik Upalabdhi : Butwal Bahumukhi Campus Swasthya Shikshya 518 Bishayako ek Adhyayan ebam Vishles....
Author(s) -
कृष्ण Krishna प्रसाद Prasad पौडेल Poudel
Publication year - 2018
Publication title -
nuta journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2616-017X
DOI - 10.3126/nutaj.v5i1-2.23472
Subject(s) - sociology
त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षाको विकास तथा विस्तार गर्ने सर्वोच्च संस्थाको रुपमा स्थापित भएको छ । यस विश्वविद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि हुँदै गइरहेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयको शैक्षिक उपलब्धि भन्ने शीर्षकमा आधारित लेखमा स्वास्थ्य शिक्षा ५१८ विषयको शैक्षिक उपलब्धिको पहिचान तथा व्याख्या विश्लेषण गर्ने उद्देश्य अनुरुप द्वितीय स्रोत उपयोग गरी त्रिभुवन विश्वविद्यालय बुटवल बहुमुखी क्याम्पस एम. एड. प्रथम वर्षको स्वास्थ्य शिक्षा विषय अध्ययन गर्ने २०६६ (११९ जना) २०६७ (७८ जना) र २०६८ (१०८ जना) सालमा वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीको (स्वास्थ्य शिक्षा ५१८विषयको) प्राप्ताड्ढको आधारमा व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनमा विद्यार्थीको औषत प्राप्ताड्ढ तुलनात्मक रुपमा २०६८ सालको सन्तोषजनक मान्न सकिन्छ । यसैगरी विद्यार्थीले मध्यम खालको अड्ढ प्राप्त गरेको प्राप्ताड्ढ विवरणले देखाउँछ भने प्राप्ताड्ढको श्रेणी अनुसारको वर्गीकरण तुलना गर्दा २०६८ सालको उपयुक्त रहेको मानिन्छ । त्रिभुवन विश्वविद्यालयले मध्यम र उच्च स्तरीय जनशक्ति तयार पार्ने उद्देश्य अनुरुप विश्व परिवेश र समयको आवश्यकता अनुरुप पाठ्यक्रम परिमार्जन तथा विकास गरिरहेको प्रयत्नलाई सफल बनाउन शिक्ष्ँक तथा विद्यार्थीको सिकाउने सिक्ने तरिका तथा परिवेशमा नयाँ नयाँ प्रविधि र शैलीहरु उपयोग गर्न सकेमा त्रिभुवन विश्वविद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिने कुरामा विश्वास गर्न सकिन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here