z-logo
open-access-imgOpen Access
बान्तावा राई संस्कारमा सुप्तुलुुङको महत्व Bantawa Rai sanskarma Suptulungko Mahatwa
Author(s) -
चन्द्रकुमार Chandrakumar राई
Publication year - 2019
Publication title -
nepalese culture
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-1165
DOI - 10.3126/nc.v8i0.27502
Subject(s) - psychology
सुुप्तुुलुुङ (सामान्य बोलीचालीको नेपाली भाषामाचुलो) को महत्व बान्तावा राई संस्कारमा खाना पकाउने प्रविधिको रूपमा भन्दा पनि बढी आस्थागत स्थानको रूपमा रहेको पाइन्छ । उनीहरू आफ्ना पितृहरूलाई आस्थाको भगवान मान्ने गर्दछन् । बान्तवा राईहरूको विश्वासमा पितृहरू सुुप्तुुलुुङमा निवास गर्दछन् । यिनै पितृहरूले नै हरेक शुुभकार्यमा शुभआशिर्वाद प्रदान गर्दछन् भने प्रगतितर्फ उन्मुख हुन प्रेरणाको लागि साथ दिन्छन् । अन्नबाली लगाउँदा होस् वा उठाउँदा होस्, शिशुु जन्मदा होस् वा पास्नी गर्दा होस्, छेवर, गुन्यूँचोली संस्कार गर्दा होस् वा विवाह गर्दा होस् । त्यसरी नै मृत्युु संस्कार गर्दा होस् वा अन्य सांस्कृतिक कार्यहरू सम्पन्न गर्दा होस् । कुनै पनि कार्यहरू प्रारम्भ, संचालन र समापन गर्नको लागि सुुप्तुुलुुङको महत्वपूर्ण भूूमिका रहेको हुुन्छ । हरेक अवसरहरुमा सुुप्तुुलुुङमा बस्ने पितृहरूको पूजा गर्नुका साथै उनीहरूको भाग सुप्तुलुुङमा चढाउने गर्दछन् ।शिशुु जन्मेपछि सुुप्तुुलुुङमा देखाउँदै पितृहरुसँग संरक्षणको लागि प्रार्थना गरिन्छ । बाल्यसंस्कारको रुपमा गरिने पास्नीमा शिशुुलाई खाना खुुवाउन प्रारम्भ गरेको र छेवर तथा गुन्युुचोली दिन लागेको समेत पितृहरुलाई जानकारी दिइन्छ । विवाह संस्कारमा माइतीको सुप्तुुलुुङबाट छोरीलाई निकालिन्छ भने बिहे घरको सुुप्तुलुङमा बुहारीको रुपमा प्रवेश गराइन्छ । अन्त्येष्टि संस्कारमा पनि सहज मृत्युु भएकाको आत्मालाई सुुप्तुुलुुङमा प्रवेश गराइन्छ र पितृ वा भगवानको रुपमा पुुजिन्छ । दुर्घट्ना परेर मृत्युु भएकाहरुको आत्मालाई पिशाच मानिन्छ र सुुप्तुुलुुङ बाहिर स्थानमान दिइन्छ । यसरी बान्तावा राई संस्कारमा सुुप्तुुलुुङको स्थानमान र महत्व, जीवन शैलीको अपरिहार्य अंगका रुपमा स्थापित भएकोे पाइन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom