z-logo
open-access-imgOpen Access
दशमहाविद्या एक परिचय Dashamhabiddhya Ek Parichaya
Author(s) -
निर्मला Nirmala पोखरेल Pokharel
Publication year - 2019
Publication title -
nepalese culture
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-1165
DOI - 10.3126/nc.v8i0.27500
Subject(s) - psychology
नेपाली समाजको धार्मिक, सांस्कृतिक एवं सामाजिक परंपरामा वैदिक मूल्य, मान्यता र आदर्शको जति नै प्रभाव तान्त्रिक मूल्य मान्यता र आदर्शको पनि रहेको छ । यहाँ नैगमिक(वैदिक) र आगमिक(तान्त्रिक) दुवै परंपराको समन्वय भेटिन्छ । सुक्ष्मरुपमा विचार गर्दा नेपाली समाजमा तन्त्र एवं तन्त्रवादको अझ वढि प्रभाव रहेको पाईन्छ । यहाँका धार्मिक एवं सामाजिक परंपरा र रीतिरिवाजहरु आगम वा तन्त्रबाट नै बढि निर्देशित रहेका छन् । यसै परिप्रेक्षमा शाक्ततन्त्र परंपरा यहाँको प्रमुख तन्त्र परंपरामा पर्दछ । सम्पूर्ण विश्वब्रह्माण्डको परमकारणका रुपमा शक्ति अर्थात मातृदेवीलाई मानी तदनुरुप उपासना पद्धतिहरु प्रतिपादन गरिएका तन्त्रहरु शाक्ततन्त्र अन्तर्गत पर्दछन ।देवताहरुको सर्वाेच्च देवत्व शक्तिमा नै निहित भएको मानिन्छ । शिव, विष्णु लगायत अरु देवता पनि शक्तिको उपस्थिति विना क्रियाशील हुन सक्दैनन् । शक्तिले देवीदेवता र प्राणीलाई जन्म दिई शक्तिको संचार गर्ने हुनाले उनलाई स्त्रीरुपमा कल्पना गरिन्छ र आमाको स्थान दिईन्छ । शक्ति सर्वव्यापी तत्व हो र उनी व्रम्हा, बिष्णु, शिव आदिकी शक्ति भएकीले ती विश्वशक्तिको नाम भगवती पनि रहनगयो । प्राचीन समय देखि अस्तित्वमा रहेका शक्तिस्वरुपिणी देवीहरुलाई राजा गुणकामदेव (एघारौ शताव्दि)ले पुन ः प्रशिद्ध वनाएको पाईन्छ । यस्ता देवीका विभिन्न स्वरुपको उपासना गर्ने क्रममा दशमहाविद्यारुपी देवीहरुको पूजा उपासना गर्ने परंपराको व्यापकता नेपालमा मध्यकालदेखि विषेशरुपमा रहेको पाईन्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom