z-logo
open-access-imgOpen Access
प्राचीन शिक्षण पद्धति र हस्तलिखित ग्रन्थ Prachin Shikshan Padhdwati ra Hastalikhit Grantha
Author(s) -
कमला Kamala दाहाल Dahal
Publication year - 2019
Publication title -
nepalese culture
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-1165
DOI - 10.3126/nc.v8i0.27498
Subject(s) - chemistry
शिक्षाको महइभ्व प्राचीन कालदेखि नै रहिआएको छ । प्राचीन वैदिक युगदेखि नै शिक्षा लिनेदिने कार्यलाई विशेष महत्व दिने गरिएको थियो तथ्य विभिन्न प्राचीन शास्त्रहरूले शिक्षाको महइभ्वबारे विस्तारपूर्वक गरेको चर्चा बाट स्पष्ट हुन्छ । शिक्षा दिने भएको हुँदा प्राचीन शास्त्रहरूले गुरुलाई बाबुआमा भन्दा पनि उच्च स्थानमा राखेर वर्णन गरेका छन् । यी सवै तथ्यहरूबाट प्राचीन युगदेखि नै शिक्षाको महत्व रहिआएको स्पष्ट हुन्छ । वर्तमान समयमा शिक्षा लिने दिने विषयकोे एउटा महत्वपूर्ण पक्ष पाठ्यपुस्तक भए पनि विगतमा यस्तो थिएन । लेखनकलाको उत्पत्ति नभएका कारणले ज्ञानको एक मात्र स्रोत गुरु नै थिए । गुरुकूलमा नै शिक्षा लिन सकिन्थ्यो ।गुरु र शिष्यको सम्पर्क गुरुकुलमा नै हुन्थ्यो । उपनयन संस्कार सम्पन्न गरेको बालकलाई गुरुकुल (गुरुको निवासस्थल) मा शिक्षा ग्रहण गर्न पठाइन्थ्यो । लामो समयसम्म ऊ गुरुको आश्रममा नै रहनुपर्दथ्यो । समाजमा ख्यातिप्राप्त वरिष्ठ शिक्षकहरूको निवासमा नै आफ्ना छोराहरूलाई शिक्षा ग्रहण गर्न पठाउने गरिन्थ्यो । नेपालको प्राचीनकालको इतिहासको अध्ययन गर्दा यहाँ पनि गुरुकूलको अस्तित्वको आभास पाइन्छ ।लेखनकलाको उत्पत्ति भएपछि श्रुति परम्पराबाट जीवित रहेका वेदपुराण जस्ता ज्ञानका भण्डारलाई लिपिबद्ध गर्न थालियो । अव ग्रन्थका रूपमा वेद पुराणहरू देखिन थाले । तर ग्रन्थ तयार गर्न सजिलो भने थिएन । वडो कष्टले लामो समय लगाएर एकप्रति पुस्तक तयार गर्न सकिन्थ्यो । सानातिना पुस्तक ग्रन्थ एउटै मात्र तयार गर्न पनि महिनौँ लाग्दथ्यो । नेपालमा मल्लकालीन शासकहरू र उच्च भाइभारदारहरूले सयौँको सङ्ख्यामा पुस्तक सार्ने, सार्न लगाउने तथा अन्य तरिकाबाट सङ्ग्रह गर्नेजस्ता कार्यहरू गरेका छन् । नेपालको राष्ट्रिय अभिलेखालय र अन्य संग्रहालयमा समेत यस्ता अनगिन्ति हस्तलिखित ग्रन्थहरू सुरक्षित रहेका छन् ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom