z-logo
open-access-imgOpen Access
शक्तिका श्रोत नवदुर्गाहरू
Author(s) -
निर्मला पोखरेल
Publication year - 2021
Publication title -
nepalese culture
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-1165
DOI - 10.3126/nc.v14i0.35428
Subject(s) - environmental science
मानव सभ्यता संग–संगै मातृशक्तिको उपासना पद्दतिको शुरुवात भएको देखिन्छ । यो समयमाप्रजननमा समर्थ नारीमा देवी शक्तिको कल्पना गरिन्थ्यो । मानवको यही भावनाले आदिकालमा नै शक्तिकोरूप लियो । सिन्धु सभ्यतामा धरती मातालाई ‘पृथिवीकी रानी’ मानी शक्तिको रूपमा पूजा गर्दथे । देवताहरूकोसर्वाेच्च देवत्व शक्तिमा नै निहित भएको मानिन्छ । शक्ति सर्वव्यापी तत्व हो, त्री–देव लगायत सम्पूर्ण देवताहरूशक्तिको उपस्थिति विना क्रियाशील हुन सक्दैनन् । उनले देवीदेवता र प्राणीलाई जन्म दिई शक्तिको संचार गर्नेहुनाले स्त्रीरूपमा कल्पना गरियो र आमाको स्थान दिईयो र उनै विश्वशक्तिको नाम भगवती पनि रहन गयो ।विस्तारै यीनै भगवतीका विभिन्न स्वरूपको उपासना गरिन थालियो यही क्रममा दुर्गाका रूपमा पनि उनकोस्वतन्त्र अस्तित्व प्रारम्भ भयो । दुर्गास्वरूपमा पनि नवदुर्गा मण्डलीको छुट्टै समुह रहेको छ । नवदुर्गा समूहमामुख्य देवी दुर्गा हुन् र यिनैका अन्य आठरूपलाई जोडेर नवदुर्गा हुने हुन् । सर्वशक्तिमान देवी महिषासुरमर्दिनीपनि नवदुर्गा भवानी हुन् । नवैवटी देवीहरूको स्वरूपमा नवदुर्गा गण संस्कृति सुस्पस्ट रूपमा भने अंशुवर्माकोसमय देखि धार्मिक मतहरूमा तन्त्र सिद्धान्तको वढ्ता प्रभाव पर्न थालेपछि देखिएको पाइन्छ ।नवदुर्गा समूहमा गनिने दुर्गादेवीहरूको नाम नेपाल र भारत दुवै ठाउँमा फरक फरक देखिन्छ ।उपत्यकामा नवदुर्गा संस्कृतिको ख्यातिप्राप्त स्थान भक्तपुर रहिआएको छ । यहाँ देहधारी मानवलाई नै नवदुर्गावनाएर नृत्य, पूजाआजा आदि पनि गरिन्छ । आफुहरूले समाधान गर्न नसकेका समस्याहरू सल्टाउन, पराजितगर्न नसकेका दैत्यहरूलाई नष्टगर्न, आफुमा विशेष शक्ति आर्जन गर्न, देवताहरू पनि यिनै दुर्गा देवीहरूलाईआह्वान गरि पूजा–आराधना गर्दछन् । शक्तिका श्रोत नवदुर्गाहरू शीर्षकको यो लेखले समग्रमा नवदुर्गाकोपरिचय, प्राचीनता, विकाशको चर्चा गरेको छ साथै अरु उपशीर्षकहरूमा यिनै देवीहरूको विषयवस्तुमा केन्द्रितभएर विभिन्न सन्दर्भहरूको विष्लेषण सहित निष्कर्ष प्रस्तुत गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom