z-logo
open-access-imgOpen Access
कीर्तिपुर क्षेत्रका लिच्छविकालीन मानव बस्तीहरू
Author(s) -
महेश Mahesh कुमार Kumar आचार्य Acharya
Publication year - 2021
Publication title -
nepalese culture
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2091-1165
DOI - 10.3126/nc.v14i0.35425
Subject(s) - computer science
काठमाण्डांै उपत्यकाको दक्षिण पश्चिम क्षेत्रको डाँडोमा कीर्तिपुरसहर अवस्थित छ । पुरानो नेवार बस्ती र उनीहरूको भौतिक संस्कृतिका दृष्टिले समेत यो सहर सम्पन्न रहेको छ । सहरको ऐतिहासिकताको बारेमा वंशावलीहरूले यो सहर पूर्व मध्यकालमा राजा शिवदेवले निर्माण गरेको बताएको पाइन्छ । अध्ययनको क्रममा भने यस सहरका धेरै ठाउँमा लिच्छविकालका भौतिक अवशेषहरू पनि पाइएका छन् । हालसम्म पनि यो सहरमा नेपालको स्वर्ण युग मानिने लिच्छविकालमा मानव बसोबास रहेको थियो वा थिएन भन्ने विषयमा कुनै खोज हुन सकेको छैन । यसै पृष्ठभूमिमा यस क्षेत्रमा लिच्छविकालमा मानव बसोबास थियो वा थिएन ?, यदि मानव बसोबास रहेको भए कुन कुन क्षेत्रमा मानव बसोबास रहेको थियो ? भन्ने शोध प्रश्नको उत्तर खोज्ने उद्धेश्यले यो अध्ययन गरिएको हो । यस आलेखमा कीर्तिपुर क्षेत्रमा लिच्छविकालमा विकसित मानव बस्तीहरूको पहिचानलाई मुख्य उद्धेश्य बनाइएको छ । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यहरू ऐतिहासिक तथा पुराताŒिवक स्रोतहरूबाट संकलन गरिएको छ । विशेष गरेर लिच्छविकालीन मानव बस्तीको खोजी गर्नका लागि लिच्छवि अभिलेखहरूको अवस्थिति र अभिलेखमा वर्णित ठाउँ सम्बन्धी विवरणहरूबाट कतिपय तथ्यहरू संकलन गरिएको छ । त्यसबाहेक पुराताŒिवक अन्वेषणबाट भेटिएका लिच्छविकालीन भौतिक अवशेष विषेशगरी मूर्ति, सालिक वा अन्य वास्तुसंरचनालाई पनि तथ्य संकलनको आधार बनाइएको छ । पुरानो मानव बसोबासको सङ्केत गर्ने कतिपय मौखिक परम्परा वा किंवदन्तीहरू तथा आख्यानहरूबाट पनि केही तथ्यहरू संकलन गरिएको छ । यसबाहेक पूर्व प्रकाशित पुस्तक, लेख आदि द्वितीय स्रोतहरूबाट पनि आवश्यक तथ्यहरू संकलन गरिएको छ । यी तथ्यहरूलाई व्याख्या विश्लेषण गरेर हालको कीर्तिपुर क्षेत्रमा रहेका मानव बस्तीहरू मध्ये बाघभैरव, उमामहेश्वर क्षेत्र, चोभार, चारघरे, खाःसि बजार क्षेत्र र ट्याङ्ला क्षेत्रमा लिच्छविकालमा मानव बसोबास रहेको तथ्य यस लेखको माध्ययमबाट प्रकाशमा ल्याइएको छ । यस बाहेक यहाँका पुराना भनिएका पाँगा, इटागोल आदि बस्तीहरू मध्यकालमा मात्र विकसित भएको तथ्य पनि यस अध्ययनबाट प्रकाशमा आएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom