z-logo
open-access-imgOpen Access
दनुवारी नाम उपवाक्ययुक्त मिश्र वाक्यको संरचना {The Structure of a Compound Sentence with the Name Danuwari}
Author(s) -
दुर्गाप्रसाद Durgaprasad दाहाल Dahal
Publication year - 2021
Publication title -
mangal research journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2773-7802
DOI - 10.3126/mrj.v2i1.43771
Subject(s) - compound , sentence , linguistics , natural language processing , computer science , philosophy
दनुवारी नाम उपवाक्ययुक्त मिश्र वाक्यको संरचना शीर्षकको यस लेखमादनुवारी कर्ताकारक बुझाउने नाम उपवाक्य र कर्मकारकको सूचक नाम उपवाक्य पहिचान गरिएको छ । यसका साथै दनुवारी भाषाका पूरक सूचक नाम उपवाक्य र अधिकरणक सूचक नाम उपवाक्य पनि पहिचान गरिएको छ । यस लेखमा दनुवारी भाषाका माथि भनिएका प्रकृतिका नाम उपवाक्यको संरचनागत विश्लेषण गर्ने पनि उद्देश्य रहेको छ । यसमा गुणात्मक ढाँचाकोअनुसन्धान अवलम्बन गरिएको छ । यसको सामग्री सङ्कलन प्राथमिक स्रोतमाआधारित छ । यसको नमुना छनोट उद्देश्यमूलक प्रकृतिको रहेको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको वडा नं. ४ र ६ का दनुवारी वक्ताबाट नमुना सामग्री सङ्कलन गरिएको छ । सङ्कलन गरिएका दनुवारी नाम उपवाक्यभएको मिश्र वाक्यको संरचनागत विश्लेषण गरिएको छ । दनुवारी भाषाकाअधिकांश अधीन उपवाक्यहरूमा मुख्य उपवाक्यको स्थानमा कर्ता, कर्म, पूरकआदि प्रयोग भएको देखिन्छ । दनुवारी भाषाका अकर्मक क्रिया भएको नामउपवाक्यले कर्ताकारक, कर्मकारक र पूरक बुझाएको पाइन्छ । दनुवारी भाषाका सकर्मक क्रिया भएका नाम उपवाक्य कर्ताकारक, कर्मकारक, पूरक र करणकारक बुझाउने प्रकृतिका देखिन्छन् ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom