z-logo
open-access-imgOpen Access
दनुवारी नाम उपवाक्ययुक्त मिश्र वाक्यको संरचना {The Structure of a Compound Sentence with the Name Danuwari}
Author(s) -
दुर्गाप्रसाद Durgaprasad दाहाल Dahal
Publication year - 2021
Publication title -
mangal research journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2773-7802
DOI - 10.3126/mrj.v2i1.43771
Subject(s) - compound , sentence , linguistics , natural language processing , computer science , philosophy
दनुवारी नाम उपवाक्ययुक्त मिश्र वाक्यको संरचना शीर्षकको यस लेखमादनुवारी कर्ताकारक बुझाउने नाम उपवाक्य र कर्मकारकको सूचक नाम उपवाक्य पहिचान गरिएको छ । यसका साथै दनुवारी भाषाका पूरक सूचक नाम उपवाक्य र अधिकरणक सूचक नाम उपवाक्य पनि पहिचान गरिएको छ । यस लेखमा दनुवारी भाषाका माथि भनिएका प्रकृतिका नाम उपवाक्यको संरचनागत विश्लेषण गर्ने पनि उद्देश्य रहेको छ । यसमा गुणात्मक ढाँचाकोअनुसन्धान अवलम्बन गरिएको छ । यसको सामग्री सङ्कलन प्राथमिक स्रोतमाआधारित छ । यसको नमुना छनोट उद्देश्यमूलक प्रकृतिको रहेको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको वडा नं. ४ र ६ का दनुवारी वक्ताबाट नमुना सामग्री सङ्कलन गरिएको छ । सङ्कलन गरिएका दनुवारी नाम उपवाक्यभएको मिश्र वाक्यको संरचनागत विश्लेषण गरिएको छ । दनुवारी भाषाकाअधिकांश अधीन उपवाक्यहरूमा मुख्य उपवाक्यको स्थानमा कर्ता, कर्म, पूरकआदि प्रयोग भएको देखिन्छ । दनुवारी भाषाका अकर्मक क्रिया भएको नामउपवाक्यले कर्ताकारक, कर्मकारक र पूरक बुझाएको पाइन्छ । दनुवारी भाषाका सकर्मक क्रिया भएका नाम उपवाक्य कर्ताकारक, कर्मकारक, पूरक र करणकारक बुझाउने प्रकृतिका देखिन्छन् ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here