
गोपालपसाद रिमाल, ‘मसान’ नाटक र नारीवाद [Gopalpasad Rimal, 'Masan' Drama and Feminism]
Author(s) -
अरुणविलास Arunbilas अधिकारी Adhikari
Publication year - 2021
Publication title -
marsyangdi journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2738-9588
DOI - 10.3126/mj.v2i1.39999
Subject(s) - drama , feminism , art , literature , gender studies , sociology
साहित्य समाजको दर्पण हो । समाजमा देखिएका विकृति, विसङ्गति, अन्याय, अत्याचार, दमन, शोषण,उत्पीडन आदिको यथार्थ पर्दाफास गराई समाजलाई प्रगतितर्फ उन्मुख गर्ने काम साहित्यले गर्दछ । साहित्यका प्रमुख विधा श्रव्यविधा र दृश्यविधा हुन । श्रव्यविधा अर्थात सुनेर र पढेर आनन्द लिनेवधाअन्तर्गत कथा, कविता, निबन्ध, उपन्यास आदि पर्दछन भने दृश्यविधाअन्तर्गत नाटक पर्दछ ।दृश्यविधाभित्र पर्ने नाटक मञ्चनयोग्य हुनुपर्छ र दर्शकले रङ्गमञ्चबाट प्रदर्शित वा मञ्चित नाटककोवषयवस्तुलाई पात्रहरूका अभिनयद्वारा बुझने प्रयास गर्दछन । आधुनिक नेपाली नाटकको लगभगशुभारम्भदेखि नै सामाजिक यथार्थवादी प्रवृत्तिलाई आधारभूमि मान्दै आफनो नाटयलेखन परम्परालाईनरन्तरता दिन सफल नाटककार व्यक्तित्वको नाम गोपालप्रसाद रिमाल हो । आधुनिक नेपाली साहित्यकोफाँटमा थोरै लेखेर प्रशस्त ख्याति कमाउन सफल रिमालले ‘आमाको सपना’ नामक कविता सङग्र्रहका साथैमसान’ र ‘यो प्रेम’ नाटक अनि ‘माया’ नामक एकाङ्कीको मात्र संरचना तथा प्रकाशन गरेका छन ।तत्कालीन नेपाली समाजमा विद्यमान सामाजिक जीवनका यथार्थ पक्षहरूलाई आत्मसात गर्न सफल रिमालसाँच्चैँ सामाजिक यथार्थवादी नाटककार हुन । नेपाली कविताको क्षेत्रमा नवीन गद्यशैलीका शुभारम्भकर्ताकवि व्यक्तित्व रिमालको खारिएको र माझिएको विधा चाहिँ नाटक नै हो ।