z-logo
open-access-imgOpen Access
प्राथमिक तहका गरुङ मातृभाषी विद्यार्थीको शब्द भण्डार [Vocabulary of primary level Gurung mother tongue students]
Author(s) -
बुद्धराज Buddharaj खनिया Khaniya
Publication year - 2021
Publication title -
marsyangdi journal
Language(s) - Hindi
Resource type - Journals
ISSN - 2738-9588
DOI - 10.3126/mj.v2i1.39997
Subject(s) - tongue , vocabulary , primary (astronomy) , first language , psychology , audiology , mathematics education , linguistics , medicine , physics , philosophy , astronomy
प्राथमिक तहका गुरुङ मातृभाषी विद्यार्थीको गुरुङ शब्द भण्डार क्षमता अध्ययन गर्ने उददेश्यले तयार गरिएको यो लेख गुणात्मक अनुसन्धानको स्थलगत अध्ययनमा आधारित छ । यस अध्ययनका लागि उद् देश्यमूलक तरिकाबाट छनोट गरिएका लमजुङ जिल्लाका प्राथमिक तहमा अध्ययन गर्ने गुरुङ मातृभाषी विद्यार्थीहरूलाई आफ्नो घर परिवार, विद्यालय लगायत अर्घुं, ल्होछार जस्ता विभिन्न विषयमा गुरुङ भाषामा वर्णन गर्न लगाई आधारभूत शब्दहरू सङकलन गरिएको थियो । यस क्रममा स्वादेश शब्दसूचीका आधारमा नेपाली शब्दसूची तयार गरी शिक्षित गुरुङ मातृभाषीहरूलाई अनुवाद समेत गर्न लगाइएको थियो । यसरी सङ्कलन गरिएका तथ्यहरूलाई वर्णनात्मक विधि अवलम्बन गरी पहिले समष्टिमा त्यसपछि क्रमशः शब्दवर्ग र विषय क्षेत्रका आधारमा गुरुङ भाषाका आधारभूत शब्दहरूको व्याख्या विश्लेषण गरिएको छ । गुरुङ मातृभाषी विद्यार्थीले जम्मा ३८७ ओटा शब्द प्रयोग गरेका छन जस अनुसार उनीहरूले शब्दवर्ग अन्तर्गत सबैभन्दा बढी नाम त्यसपछि क्रमशः क्रियापद, विशेषण, अव्यय र सर्वनाम प्रयोग गरेका छन् विषय क्षेत्र अन्तर्गत सबैभन्दा बढी भूगोल, खगोलसँग सम्बन्धित शब्द प्रयोग गरेका छन्, त्यसपछि क्रमशः मानव र मानवीय अङ्ग, खाद्यय–पेय पदार्थ, समय, वार, महिना, पशुपक्षी, किरा फटयाङग्रा, चाडपर्व, पोशाक, धातु, रङ, नाता सम्बन्ध, बोट विरुवा, फलफूल, घरायसी वस्तु, गुण, स्वभाव, भाव, अवस्था, संख्या, परिमाण र स्वास्थ्य एवम् वातावरणसँग सम्बन्धित शब्दहरू प्रयोग गरेका छन् 

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here