z-logo
open-access-imgOpen Access
संस्कृत साहित्यशास्त्रमा वर्णित रसदर्शन {Rasadarshan described in Sanskrit literature}
Author(s) -
नारायण Narayan चालिसे Chalise
Publication year - 2022
Publication title -
kaumodaki journal of multidisciplinary studies
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2822-1583
pISSN - 2822-1567
DOI - 10.3126/kdk.v2i1.43166
Subject(s) - sanskrit , sanskrit literature , computer science , natural language processing , linguistics , philosophy
प्रस्तुत आलेख संस्कृत साहित्यशास्त्र, त्यसअन्तर्गतको रससम्प्रदाय, त्यसमा वर्णित रसदर्शन मान्यतासँग सम्बन्धितरहेको छ । साहित्यशास्त्रमा रसपरम्परा सबैभन्दा मुख्य मानिन्छ । त्यसमा विवेचना गरिएका विभिन्न पक्षमध्ये रसलाईदर्शन मानेर गरिएको व्याख्या अझ महŒवपूर्ण छ । रसलाई काव्य वा साहित्यको मुख्य विषय मान्ने क्रममा रसलाईकाव्यको आत्मा हो भनिएको छ । साथै विद्वान्हरूले रसलाई यो आध्यात्मिक दर्शन हो, यो ब्रह्मसमान छ, यो अनीर्वचनीय,अखण्ड, स्वप्रकाश, आनन्दमय, चिन्मय, छ भन्ने सन्दर्भमा दिएका दृष्टान्तहरू र व्याख्याहरूले रसलाई जुन उचाइ दिइएकोछ त्यो महŒवपूर्ण हुँदाहुँदै पनि यसले केही दार्शनिक प्रश्नहरू जन्माएको छ । रसलाई काव्य साहित्यको महŒवपूर्ण विषयमानिरहँदा र रसको दार्शनिकतालाई पनि स्वीकारीकन पनि सधैँ उठ्ने ज्वलन्त प्रश्न यसको आध्यात्मिक तहको व्याख्याहो । रसलाई आध्यात्मिक मान्ने, रसलाई काव्यको आत्मा मान्ने र विद्वान्हरूले मानेझैँ रसलाई ब्रह्म पनि मानेपछि रसकाव्यको विषयबाट अलग्गिएर दर्शन मात्रैको विषय बन्नेगरी दार्शनिक मान्ने हो भने यसको काव्यात्मक शक्ति र सामथ्र्यकमजोर बन्ने र आध्यात्मिकता बढ्न गई यसको लौकिक धर्म पनि मेटिएर भौतिक जगत्को विषय नभएर आध्यात्मिकजगत्का कुरो हुन जान्छ । त्यतिमात्र होइन जुन उचाइ काव्यमा यसले लिएको थियो त्यो सबै दर्शनमा रूपान्तरण हुनजाँदा दर्शन र साहित्य एउटै विषय हुन् भन्नुपर्ने अव्यवस्था आउने देखिन्छ । रसदर्शन उचित हो तर रसको अलौकिकता,ईश्वरसदृशता, अनिर्वचनीयता आदि जसरी व्याख्या भएका छन् तिनले रसलाई कतै काव्यको क्षेत्रबाट अन्तै लैजाँदै तछैनन् ? रसलाई आध्यात्मिक मात्र मानिरहँदा सबै विचार र भावका भावकहरूबाट छुट्याउँदै त छैन ? रस काव्यको भावनभएर दर्शनको वस्तु मात्रै बन्दै त छैन ? भन्ने केही जिज्ञासाहरू जन्मिन्छन् तिनलाई समेटेर रसलाई लौकिक नै मान्नेतर्फको प्रयास नै उत्तम हो भन्ने आशय यस आलेखको निष्कर्ष विचार हो ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom