z-logo
open-access-imgOpen Access
अनेक रस र एक मूल रस सम्बन्धी मान्यताको अनुशीलन (Anek Ras ra Aek Mul Ras Sambandhi Manyatako Anushilan)
Author(s) -
बिष्णु Bishnu प्रसाद Prasad पौडेल Poudel
Publication year - 2017
Publication title -
janapriya journal of interdisciplinary studies
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8000
pISSN - 2362-1516
DOI - 10.3126/jjis.v2i1.18074
Subject(s) - chemistry
संस्कृत काव्यशास्त्रमा रस सिद्धान्त प्राचीन, अपेक्षाकृत व्यापक वा संश्लेषणकारीर बहुमान्य सिद्धान्त मानिन्छ । यसलाई सुरुमा नाटक केन्द्री बनाई भावमूलक कलात्मक स्थिति वा वस्तुपरक दृष्टिकोणका रूपमा र पछि समग्र साहित्य केन्द्री बनाई आत्मस्थ आस्वाद वा आत्मपरक दृष्टिकोणका रूपमा व्याख्या गर्ने काम भएको छ । वस्तुपरक व्याख्याले यसका भेद वा सङ्ख्यालाई पनि सङ्केत गर्ने भए पनि आत्मपरक व्याख्याले सामान्यतः त्यसको अखण्ड स्वरूपलाई सङ्केत गर्दछ । तर आत्मास्वाद बनेको रस पनि भावमा आधारित हुने र भावहरूको अनेकताका कारण बाह्य रूपमा त्यो अनेक पनि हुने ठानिन्छ । त्यसैले संस्कृत काव्यशास्त्रमा सुरुमा अनेक रसको चर्चा र केही समयपछि अनेक तथा एक मूल रसको कल्पना गरिएको छ । एउटै व्यक्ति (भोज) ले रसका अत्यधिक सङ्ख्या र एकै मूल रसको कल्पना पनि गरेको भेटिन्छ । यस्ता अनेक रसवादीमध्ये अधिकांशले मूलतः नवरसलाई नै महत्त्व दिएका छन् भने एक मूल रसवादीहरूले नवरसमध्येकै (कण, शान्त, शृङ्गार र अद्भुतमध्ये कुनै एउटालाई मूल र अरूलाई त्यर्सैबाट उत्पन्न रस मानेका छन् । यही सन्दर्भलाई यहा“ क्रमशः चर्चा गर्दै तिनको समकालीन साहित्यप्रतिको प्रासङ्गिकता पनि आकलन गर्न खोजिएको छ । Janapriya Journal of Interdisciplinary Studies Vol. 2, No.1 (December 2013), page: 110-121

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom