
अनुसन्धानको भाषा (Anusandhanko Bhasha)
Author(s) -
Laxmishara लक्ष्मीशरण अधिकारी Adhikari
Publication year - 2017
Publication title -
janapriya journal of interdisciplinary studies/janapriya journal of interdisciplinary studies
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8000
pISSN - 2362-1516
DOI - 10.3126/jjis.v2i1.18069
Subject(s) - library science , computer science
प्रस्तुत लेख साहित्यको अनुसन्धान लेखनमा प्रयोग गरिने भाषा के कस्तो हुनु पर्छ भन्ने विषयमा केन्द्रित छ । यसमा स्पष्ट, वस्तुगत, तार्किक र पूर्वाग्रहरहित भाषाको प्रयोगले अनुसन्धान गहन हुन्छ भन्ने विचार व्यक्त छ । कर्तृवाच्यको प्रयोगले स्पष्ट निर्णय दिन सघाउने हुँदा कर्तृवाच्यको प्रयोगमा जोड दिनु पर्छ । आलङ्कारिक, व्यञ्जनात्मक भाषाले ठोस विचार प्रकट नगर्ने हुँदा अभिधामूलक भाषाको प्रयोग गर्नु उपयुक्त हुन्छ । शोध औपचारिक प्रक्रिया भएकाले मानक भाषाको प्रयोगउपयुक्त मानिन्छ । सुरुदेखि अन्त्यसम्म वर्णविन्यासगत एकरूपता कायम गर्नु पर्छ । अरूका विचारलाई स्रोत दिएर मात्र उपयोग गर्नुपर्छ । लामा वाक्यहरु काँटछाँट गर्ने, अति छोटा वाक्यहरु जोड्ने, लामा अनुच्छेद नबनाउने, अनुच्छेदमा नजोडिएका वाक्यहरु हटाउने, एकता र व्यवस्थापनमा जोड दिने कुरामा सचेत रहनु पर्छ । प्रत्येक शब्द, वाक्य र अनुच्छेद लेख्दा कहाँनेर त्रुटि भएको छ भन्ने कुरामा सचे तता अपनाई पुनर्लेखन गरिरहनु पर्छ । Janapriya Journal of Interdisciplinary Studies Vol. 2, No.1 (December 2013), page: 73-81