
स्नातक प्रथम वर्ष अनिवार्य नेपाली विषयको पाठ्यांश विश्लेषण (Snatak Pratham Barshako Anibarya Nepali Bishayako Pathyamsha Bisleshan)
Author(s) -
बिष्णु Bishnu प्रसाद Prasad शर्मा Sharma
Publication year - 2017
Publication title -
janapriya journal of interdisciplinary studies/janapriya journal of interdisciplinary studies
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2773-8000
pISSN - 2362-1516
DOI - 10.3126/jjis.v2i1.18064
Subject(s) - nepali , philosophy , linguistics
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्काय तथा शिक्षाशास्त्र सङ्काय, स्नातक प्रथम वर्षका लागि अनिवार्य नेपालीको समायोजित नयाँ पाठ्यांश÷पाठ्यक्रम (२०६९) पठनपाठनमा ल्याएको छ । यही पाठ्यांशलाई पाठ्यक्रम विश्लेषणका आधार (उद्देश्य, पाठ्यवस्तुको वितरण, शिक्षण प्रक्रिया, मूल्याङ्कन प्रक्रिया आदि) मा विश्लेषण गर्ने कार्य प्रस्तुत लेखमा गरिएको छ । अध्ययनबाट पाठ्यांशले विद्यार्थीको बोध अभिव्यक्ति क्षमतामा जोड दिएको, पाठ्यांश व्यावहारिक तथा सम्प्रेषणात्मक प्रकृतिको रहेको, पाठ्यांशले विद्यार्थी केन्द्रित सिकाइलाई जोड दिएको, भाषिक सिपमा आधारित भैकन पनि लेखन सिपमा बढी केन्द्रित भएको, ज्ञान, विज्ञान, दर्शन, शिक्षा लगायत विविध क्षेत्रबाट पाठ्यवस्तुको छनोट गरी विद्यार्थीहरूको भाषिक व्यावहारिक पक्षलाई सबल बनाउन खोजिएको तथा कक्षा एघार को अनिवार्य नेपाली विषयसँग स्तरण मिलाउन खोजिएको भए पनि शिक्षण प्रक्रियाका सम्बन्धमा पाठ्यांश स्पष्ट हुन नसकेको, आन्तरिक मूल्याङ्कनलाई पाठ्यांशले महत्त्व नदिएको जस्ता निष्कर्ष निकालिएको छ । Janapriya Journal of Interdisciplinary Studies Vol. 2, No.1 (December 2013), Page: 37-44