z-logo
open-access-imgOpen Access
नेपालमा संगीत विषयका उच्च शैक्षिक जनशक्तिको वर्तमान अवस्था : एक परिचय {Current Status of Higher Educational Manpower in Music in Nepal: An Introduction}
Author(s) -
Wenkatesh Dhakal
Publication year - 2021
Publication title -
journal of fine arts campus
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2795-1782
pISSN - 2795-1774
DOI - 10.3126/jfac.v3i1.42523
Subject(s) - current (fluid) , mathematics education , political science , sociology , psychology , engineering , electrical engineering
नेपालमा संगीतको प्रचलन विभिन्न बंशहरूको शासन काल हुँदै प्रथम प्रजातन्त्र पछि संस्थागत हुन पुगेको हो । विद्यावारिधिकोलागि भारतकै विश्वविद्यालयहरू एक मात्र विकल्प थियो । वर्तमानमा नेपालमै संगीत विषयमा स्नातक, स्नातकोत्तर एवं विद्यावारिधिसम्मको अध्ययन अध्यापन हुन थालेको छ । त्यस समयमा मन्चमा हुने प्रदर्शनलाई नै परीक्षा मान्ने चलन थियो । संगीतमा क्रियात्मकपक्षलाई मात्र जोड दिइएका कारण धेरै विद्वानहरूको कुनै प्रकारको अभिलेख नपाइएको अवस्था रहेको छ । पुराना पुस्ता क्रियात्मक पक्षमा मात्र कार्य गर्नुहुने भएकाले अनुसन्धानात्मक लेखन कार्यको कमि भएको मान्न सकिन्छ । यस लेखले विभिन्न विश्वविद्यालयबाट संगीतका विभिन्न विषयमा शिक्षा प्राप्त जनशक्तिको बारेमा एवं वर्तमान अवस्थाका बारेमा सबैलाई जानकारी हुनेछ । वर्तमान अवस्था, चुनौती एवं योगदान आदि यस लेखमा सूक्ष्म रूपमा दर्शाउन खोजिएको छ । भविष्यमा अनुसन्धानका लागि पुराना जनशक्तिको नाम खोज्न धेरै समय नलाग्ने कुरामा लेख सहयोगि हुने बिस्वास छ । नेपालमा संगीत विषयमा विद्यावारिधि गर्ने प्रचलन भर्खर–भर्खर मात्र सुरुवात भएको हो । हालसम्म सांगीतिक क्षेत्रमा कतिजनाले उपाधि प्राप्त गर्नु भएको छ लेखबाट थाहा पाउन सकिन्छ । वर्णनात्मक शैलीको लेखबाट ई.सं– २००० पछी विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त जनशक्तिको बारेमा महत्वपूर्ण जानकारी दिने छ । द्वितीयक श्रोतः प्रकाशित पुस्तकहरू, विद्यावारिधि थेसिस, जर्नलहरू, साक्षात्कार एवं सांगीतिक विद्वानहरूको सहयोगमा लेख तयार पारिएको हो । प्रमाणपत्र प्राप्त जनशक्तिहरूको स्थाई आर्थिक पक्ष एवं विभिन्न संगीत सम्बन्धित संस्थाहरूमा संलग्नताको बारेमा केहि कुराको साथमा लेखको समापन गरिएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom