
नेपालमा संगीत विषयका उच्च शैक्षिक जनशक्तिको वर्तमान अवस्था : एक परिचय {Current Status of Higher Educational Manpower in Music in Nepal: An Introduction}
Author(s) -
Wenkatesh Dhakal
Publication year - 2021
Publication title -
journal of fine arts campus
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2795-1782
pISSN - 2795-1774
DOI - 10.3126/jfac.v3i1.42523
Subject(s) - current (fluid) , mathematics education , political science , sociology , psychology , engineering , electrical engineering
नेपालमा संगीतको प्रचलन विभिन्न बंशहरूको शासन काल हुँदै प्रथम प्रजातन्त्र पछि संस्थागत हुन पुगेको हो । विद्यावारिधिकोलागि भारतकै विश्वविद्यालयहरू एक मात्र विकल्प थियो । वर्तमानमा नेपालमै संगीत विषयमा स्नातक, स्नातकोत्तर एवं विद्यावारिधिसम्मको अध्ययन अध्यापन हुन थालेको छ । त्यस समयमा मन्चमा हुने प्रदर्शनलाई नै परीक्षा मान्ने चलन थियो । संगीतमा क्रियात्मकपक्षलाई मात्र जोड दिइएका कारण धेरै विद्वानहरूको कुनै प्रकारको अभिलेख नपाइएको अवस्था रहेको छ । पुराना पुस्ता क्रियात्मक पक्षमा मात्र कार्य गर्नुहुने भएकाले अनुसन्धानात्मक लेखन कार्यको कमि भएको मान्न सकिन्छ । यस लेखले विभिन्न विश्वविद्यालयबाट संगीतका विभिन्न विषयमा शिक्षा प्राप्त जनशक्तिको बारेमा एवं वर्तमान अवस्थाका बारेमा सबैलाई जानकारी हुनेछ । वर्तमान अवस्था, चुनौती एवं योगदान आदि यस लेखमा सूक्ष्म रूपमा दर्शाउन खोजिएको छ । भविष्यमा अनुसन्धानका लागि पुराना जनशक्तिको नाम खोज्न धेरै समय नलाग्ने कुरामा लेख सहयोगि हुने बिस्वास छ । नेपालमा संगीत विषयमा विद्यावारिधि गर्ने प्रचलन भर्खर–भर्खर मात्र सुरुवात भएको हो । हालसम्म सांगीतिक क्षेत्रमा कतिजनाले उपाधि प्राप्त गर्नु भएको छ लेखबाट थाहा पाउन सकिन्छ । वर्णनात्मक शैलीको लेखबाट ई.सं– २००० पछी विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त जनशक्तिको बारेमा महत्वपूर्ण जानकारी दिने छ । द्वितीयक श्रोतः प्रकाशित पुस्तकहरू, विद्यावारिधि थेसिस, जर्नलहरू, साक्षात्कार एवं सांगीतिक विद्वानहरूको सहयोगमा लेख तयार पारिएको हो । प्रमाणपत्र प्राप्त जनशक्तिहरूको स्थाई आर्थिक पक्ष एवं विभिन्न संगीत सम्बन्धित संस्थाहरूमा संलग्नताको बारेमा केहि कुराको साथमा लेखको समापन गरिएको छ ।