z-logo
open-access-imgOpen Access
‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा शिल्प र् सौन्दर्य {Craft and beauty in the poem 'In front of Buddha statue in the rain'}
Author(s) -
गीता Geeta त्रिपाठी Tripathi
Publication year - 2021
Publication title -
journal of fine arts campus
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2795-1782
pISSN - 2795-1774
DOI - 10.3126/jfac.v3i1.42519
Subject(s) - gautama buddha , statue , craft , beauty , art , poetry , front (military) , visual arts , ancient history , literature , art history , aesthetics , archaeology , history , buddhism , geography , meteorology
प्रस्तुत अध्ययन कवि सुमन पोखरेलको ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा अन्तर्निहित शिल्प सौन्दर्यको विश्लेषणमा केन्द्रितरहेको छ । कवितामा प्रयुक्त हुने भाषाको विशिष्टताको पाठपरक विश्लेषणका निम्ति यो कविता सोद्दश्य छनोट गरिएको हो । यसअध्ययनका निम्ति पुस्तकालयीय कार्यद्वारा अध्ययन सामग्रीहरू सङ्कलन गरिएको छ । कविताको विधागत विशिष्टता निर्धारण गर्ने मुख्य आधार यसमा प्रयुक्त भाषिक कला वा उक्तिगत विचित्रिता नै हो । यस अध्ययनमा उल्लिखित कवितामा चयन गरिएका पद र पदक्रमको विचलनयुक्त व्यवस्थितता, अर्थगत विपर्यास र समानान्तरता आदिमार्फत प्रस्तुत कविता शिल्पको विश्लेषणका निम्ति यसको आयामगत विस्तृति र भावगत परिग्रहणको समष्टिगत विश्लेषण गरी कवितामा प्रकट भएको बाह्य र आन्तरिक सौन्दर्यको मूल्याङ्कन गरिएको छ । यस मूल्याङ्कनबाट ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कविताको आयाम र अर्थगत सौन्दर्य कवितात्मकताका पक्षमा विशिष्ट किसिमको रहेको निष्कर्ष प्राप्त भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom