z-logo
open-access-imgOpen Access
‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा शिल्प र् सौन्दर्य {Craft and beauty in the poem 'In front of Buddha statue in the rain'}
Author(s) -
गीता Geeta त्रिपाठी Tripathi
Publication year - 2021
Publication title -
journal of fine arts campus
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2795-1782
pISSN - 2795-1774
DOI - 10.3126/jfac.v3i1.42519
Subject(s) - gautama buddha , statue , craft , beauty , art , poetry , front (military) , visual arts , ancient history , literature , art history , aesthetics , archaeology , history , buddhism , geography , meteorology
प्रस्तुत अध्ययन कवि सुमन पोखरेलको ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा अन्तर्निहित शिल्प सौन्दर्यको विश्लेषणमा केन्द्रितरहेको छ । कवितामा प्रयुक्त हुने भाषाको विशिष्टताको पाठपरक विश्लेषणका निम्ति यो कविता सोद्दश्य छनोट गरिएको हो । यसअध्ययनका निम्ति पुस्तकालयीय कार्यद्वारा अध्ययन सामग्रीहरू सङ्कलन गरिएको छ । कविताको विधागत विशिष्टता निर्धारण गर्ने मुख्य आधार यसमा प्रयुक्त भाषिक कला वा उक्तिगत विचित्रिता नै हो । यस अध्ययनमा उल्लिखित कवितामा चयन गरिएका पद र पदक्रमको विचलनयुक्त व्यवस्थितता, अर्थगत विपर्यास र समानान्तरता आदिमार्फत प्रस्तुत कविता शिल्पको विश्लेषणका निम्ति यसको आयामगत विस्तृति र भावगत परिग्रहणको समष्टिगत विश्लेषण गरी कवितामा प्रकट भएको बाह्य र आन्तरिक सौन्दर्यको मूल्याङ्कन गरिएको छ । यस मूल्याङ्कनबाट ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कविताको आयाम र अर्थगत सौन्दर्य कवितात्मकताका पक्षमा विशिष्ट किसिमको रहेको निष्कर्ष प्राप्त भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here