z-logo
open-access-imgOpen Access
नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रम {Development of classical music in Nepal}
Author(s) -
रमेश Ramesh पोखरेल Pokhrel
Publication year - 2021
Publication title -
journal of fine arts campus
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2795-1782
pISSN - 2795-1774
DOI - 10.3126/jfac.v3i1.42517
Subject(s) - geography
नाद उपासनाको लागि पूर्विय शास्त्रीय संगीत परम्परा सामवैदिक गानबाट सुरु भएर आजको अवस्था सम्म आइपुगेको हो ।सँगीतको व्याकरणको रुपमा रहेको शास्त्रीय सँगीतका आफ्नै मुल्यमान्यता, परम्परा, नियम र रस–सौन्दर्य विधान छन जुन भरतकोनाट्यशास्त्रीय परम्परामा आजपर्यन्त प्रत्यक्ष या परोक्ष रुपमा जोडीन पुग्दछ । नेपालमा शास्त्रीय सँगीतको यथेस्ट प्रचारप्रसार र सोकोविकास शाहकाल र त्यसमा पनि विशेष राणा शासनमा भएको देखिन्छ । लिच्छवी शासनकालमा शास्त्रीय सँगीतलाइ वादित्रगोष्ठी मार्फत सरकारी पो्रत्साहनमा अगाडी बढाउन खोजिएको पाइन्छ भने मल्लकालमा विभिन्न जात्रा, पर्व, नाटक आदिमा शास्त्रीय सँगीत गायन, वादन र नाचको प्रयोग हुन्थ्यो । उन्नाइसौं शताब्दीको सुरुवात सँगै भारतका अलग अलग देशहरुमा अंगे्रज सामा्रज्यको कारण विस्थापित दरवारमा आश्रीत शास्त्रीय सँगीतज्ञहरुलाइ नेपालको राज दरवार र राण दरवारमा संरक्षण दिइएको नेपाली सँगीत इतिहासले देखाउँछ । औपचारिक शास्त्रीय सँगीतसँग सम्बन्धीत प्रस्तुती, पठनपाठन एवं प्रसार प्रसारका कार्य विशेषगरि २००७ सालको प्रजातन्त्र पा्रप्तीसँगै नेपालमा शुरुवात भएको देखिन्छ । प्रस्तुत अनुसन्धान–आलेखमा नेपालमा शास्त्रीय सँगीतको ऐतिहासिक विकासक्रम, त्यसमा उल्लेखनिय भुमिका खेल्ने विभिन्न कालखण्डसँग सम्बन्धीत राज्य शासन व्यवस्था र वर्तमानको परिवर्तीत अवस्था, सँस्थागत शैक्षिक अभ्यास बारे वर्णनात्मक रुपले प्रष्ट पार्न खोजिएको छ र यस अध्ययनबाट जोकोही सँगीत जिज्ञासुले नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रमबारे जानकारी हाँसील गर्न सक्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here