z-logo
open-access-imgOpen Access
नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रम {Development of classical music in Nepal}
Author(s) -
रमेश Ramesh पोखरेल Pokhrel
Publication year - 2021
Publication title -
journal of fine arts campus
Language(s) - Hindi
Resource type - Journals
eISSN - 2795-1782
pISSN - 2795-1774
DOI - 10.3126/jfac.v3i1.42517
Subject(s) - geography
नाद उपासनाको लागि पूर्विय शास्त्रीय संगीत परम्परा सामवैदिक गानबाट सुरु भएर आजको अवस्था सम्म आइपुगेको हो ।सँगीतको व्याकरणको रुपमा रहेको शास्त्रीय सँगीतका आफ्नै मुल्यमान्यता, परम्परा, नियम र रस–सौन्दर्य विधान छन जुन भरतकोनाट्यशास्त्रीय परम्परामा आजपर्यन्त प्रत्यक्ष या परोक्ष रुपमा जोडीन पुग्दछ । नेपालमा शास्त्रीय सँगीतको यथेस्ट प्रचारप्रसार र सोकोविकास शाहकाल र त्यसमा पनि विशेष राणा शासनमा भएको देखिन्छ । लिच्छवी शासनकालमा शास्त्रीय सँगीतलाइ वादित्रगोष्ठी मार्फत सरकारी पो्रत्साहनमा अगाडी बढाउन खोजिएको पाइन्छ भने मल्लकालमा विभिन्न जात्रा, पर्व, नाटक आदिमा शास्त्रीय सँगीत गायन, वादन र नाचको प्रयोग हुन्थ्यो । उन्नाइसौं शताब्दीको सुरुवात सँगै भारतका अलग अलग देशहरुमा अंगे्रज सामा्रज्यको कारण विस्थापित दरवारमा आश्रीत शास्त्रीय सँगीतज्ञहरुलाइ नेपालको राज दरवार र राण दरवारमा संरक्षण दिइएको नेपाली सँगीत इतिहासले देखाउँछ । औपचारिक शास्त्रीय सँगीतसँग सम्बन्धीत प्रस्तुती, पठनपाठन एवं प्रसार प्रसारका कार्य विशेषगरि २००७ सालको प्रजातन्त्र पा्रप्तीसँगै नेपालमा शुरुवात भएको देखिन्छ । प्रस्तुत अनुसन्धान–आलेखमा नेपालमा शास्त्रीय सँगीतको ऐतिहासिक विकासक्रम, त्यसमा उल्लेखनिय भुमिका खेल्ने विभिन्न कालखण्डसँग सम्बन्धीत राज्य शासन व्यवस्था र वर्तमानको परिवर्तीत अवस्था, सँस्थागत शैक्षिक अभ्यास बारे वर्णनात्मक रुपले प्रष्ट पार्न खोजिएको छ र यस अध्ययनबाट जोकोही सँगीत जिज्ञासुले नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रमबारे जानकारी हाँसील गर्न सक्छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom