z-logo
open-access-imgOpen Access
नेपाली बालउपन्यासमा प्रस्तुत सपनाको विश्लेषण
Author(s) -
राजेन्द्र Rajendra खनाल Khanal
Publication year - 2021
Publication title -
interdisciplinary research in education
Language(s) - Hindi
Resource type - Journals
eISSN - 3021-9574
pISSN - 2676-1483
DOI - 10.3126/ire.v6i2.43546
Subject(s) - materials science
नेपाली बालउपन्यासमा प्रस्तुत सपनाको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी नेपाली बालउपन्यासलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ । बालमनोविज्ञान तथा सपनासँग सम्बन्धित विभिन्न सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । नेपाली बालउपन्यासमा सपनाका सन्दर्भलाई बालमनोवैज्ञानिक पक्षसँग सम्बन्धित गरी स्वाभाविक तरिकाबाट प्रस्तुत गरिएको छ । नेपाली बालउपन्यासमा सामाजिक परिवेश तथा संरचनाको प्रभाव बालमस्तिष्कमा परेको र तिनले सपनाका माध्यमबाट अभिव्यक्त गरेको देखाइएको छ। बालबालिकाहरूले आपूmले चाहेका विषय वा वस्तु प्राप्त गर्न नसक्दा सपनाका माध्यमबाट इच्छापूर्ति गरेको देखाइएको छ । त्यस्तै उनीहरूले आपूmले भोेगेका पीडा तथा अपमानको पनि बदला सपनामा नै लिएर सन्तुष्ट भएको सङ्केत गर्दै बालमनोवैज्ञानिक पक्षको सघन उठान गरिएको छ । बालबालिकाहरू साथीहरूबिचका प्रेम, ईष्र्या, खुसी, रिस आदि संवेग पनि बालबालिकाले सपनामा देखेका सन्दर्भ पनि नेपाली बालउपन्यासमा व्यक्त भएका छन् । नेपाली बालउपन्यासमा व्यक्त सपनाको सन्दर्भ विश्लेषण गर्दा बालबालिका आपूmले चाहेका, कल्पना गरेका तथा भोगेका विषय वा वस्तुलाई सपनामा देखेका सन्दर्भलाई समावेश गरिएको निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।

The content you want is available to Zendy users.

Already have an account? Click here to sign in.
Having issues? You can contact us here
Accelerating Research

Address

John Eccles House
Robert Robinson Avenue,
Oxford Science Park, Oxford
OX4 4GP, United Kingdom